ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो



ताप्लेजुङ, कात्तिक २३ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) एक लाख रुपियाँ नाघेको छ । यस अघि ९८ हजार रुपियाँमा कारोबार भएको अलैंची आइतवार ४ हजार रुपियाँले बढेर प्रतिमन १ लाख २ हजार रुपियाँमा कारोबार भएको हो ।

अलैँची व्यवसायी कमल बरालका अनुसार आइतबार चलनचल्तिकै अलैँची प्रतिमन १ लाख २ हजार रुपैयाँका दरले खरिद गरेको जानकारी दिनुभयो । बरालका अनुसार शनिवार बजार खुल्दा ९६ हजार प्रतिमन रहेको अलैँचीको मूल्यमा अपरान्हबाट प्रतिमन २ हजार रुपैयाँका दरले वृद्धि भई ९८ हजार रुपैयाँ प्रतिमन पुगेको थियो ।

यता अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले भने चलनचल्तीको अलैँचीको मूल्य प्रतिमन १ लाख रुपैयाँमा कारोबार भएकोको जानकारी दिनुभयो । आइतबार गुणस्तरीय अलैँची प्रतिमन १ लाख २ हजार रुपैयाँका दरले कारोबार भएको रेग्मी बताउनुहुन्छ ।

असोज दोस्रो सातासम्म ८५ हजार प्रतिमन कायम रहेको अलैँचीको मूल्यमा एक महिनाको अन्तरालमा प्रतिमन १५ देखि १७ हजार रुपैयाँसम्म वृद्धि भएको देखिएको छ । नयाँ उत्पादनको सुरुमै ८० हजार प्रति मनबाट कारोबार सुरु भएको अलैँचीले मूल्य राम्रो मूल्य पाइरहेको छ । अलैँचीको मूल्य अन्तराष्ट्रिय बजारले निर्धारण गर्ने हुनाले मूल्यमा उतारचढाव आउनु सामान्य जस्तै भइसकेको व्यवसायीहरू बताउँछन् ।

प्रमुख नगदे बालीको रुपमा लिइने अलैँची तल्लो भेगका किसानहरूले बजारमा लगिसके पनि लेकाली ९माथिल्लो भेग० का किसानहरू अहिले सुकाउनमा व्यस्त छन् । पछिल्लो समय अलैँचीले भाउ पाउँदा किसानहरू उत्साहित भएको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपका अलैँची किसान प्रविन हाङ्गाम बताउँनुहुन्छ ।

प्रकाशित मिति : 6:46 pm

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको