ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने



ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति महिङगुम अङसिमाङ फाल्गुनन्द लिङ्देनको जन्म जयन्ती भव्यताका साथ मनाइने भएको छ । कात्तिक २५ गते उहाँको जन्म जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरि जन्म जयन्ती मनाइने भएको हो ।

किरात धर्म तथा साहित्य उत्थान सङ्घको आयोजना फुङलिङ नगरपालिका–६ काहुलेमा रहेको किरात हाङसाम माङहिमको प्राङगणमा कार्यक्रम सञ्चालन हुने सङ्घका सचिव सरोज कङलिबा याक्थुङले जानकारी दिनुभएको छ । उहाँका अनुुसार कार्यक्रममा विश्व शान्ति, मानव एकता, सकल प्राणी, प्राकृतिक भूगर्भ चराचरको रक्षात्मक र सिद्धि शक्ति प्राप्त कर्मको लागि (येत नाम्धुङ लाधुङ सेमिसेवा) महा अष्टम यज्ञ सेवा समेत गरिने छ ।

वि.सं. १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गर्नुभएको थियो । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको निधन वि।सं २००५ मा भएको हो । किराँत समाज सुधारमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उहाँको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।


प्रकाशित मिति : 5:45 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज