फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 



सौगात विष्ट 
ताप्लेजुङ, असोज २३ गते ।
फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी प्राइभेट लिमिटेडलाई सडक मर्मत गरिदिन आग्रह गरेको छ । गत असोज १८ र १९ को वर्षाका कारण नगरपालिकाबाट शेर्पा टोल हाङदेवा फुरुम्बु हुँदै तमोर करिडोर मित्लुङ जोड्ने सडक बाढी पहिरोले अवरुद्ध भएको सडक मर्मत गरिदिन आग्रह गरेको हो ।

चाडपर्वलाई लक्षित गर्दै तिहार अगावै सडक सञ्चालन हुने गरि मर्मत गरिदिन आग्रह गरिएको फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले गर्नुभएको छ । यस्तै सोही अवरुद्ध सडक खुलाउन माग गर्दै फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको टोली समेत बुधबार नगरपालिका पुगेको थियो ।  
 
बाढी पहिरोका कारण अवरुद्ध भएको सडकमा यातायात सञ्चालन गर्न कठिन भएकाले यात्रुले सास्ती भोग्नुपरेको छ ।

प्रकाशित मिति : 5:55 pm

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०