फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 



सौगात विष्ट 
ताप्लेजुङ, असोज २३ गते ।
फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी प्राइभेट लिमिटेडलाई सडक मर्मत गरिदिन आग्रह गरेको छ । गत असोज १८ र १९ को वर्षाका कारण नगरपालिकाबाट शेर्पा टोल हाङदेवा फुरुम्बु हुँदै तमोर करिडोर मित्लुङ जोड्ने सडक बाढी पहिरोले अवरुद्ध भएको सडक मर्मत गरिदिन आग्रह गरेको हो ।

चाडपर्वलाई लक्षित गर्दै तिहार अगावै सडक सञ्चालन हुने गरि मर्मत गरिदिन आग्रह गरिएको फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले गर्नुभएको छ । यस्तै सोही अवरुद्ध सडक खुलाउन माग गर्दै फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको टोली समेत बुधबार नगरपालिका पुगेको थियो ।  
 
बाढी पहिरोका कारण अवरुद्ध भएको सडकमा यातायात सञ्चालन गर्न कठिन भएकाले यात्रुले सास्ती भोग्नुपरेको छ ।

प्रकाशित मिति : 5:55 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि