हमासले सार्वजनिक गरेको ४८ बन्धकको ‘बिदाइ तस्वीर’मा विपिन जोशी पनि



ताप्लेजुङ, असोज ५ गते । प्यालेस्टिनी विद्रोही समूह हमासले नेपालका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको छ । हमासको सशस्त्र शाखाले गाजामा राखिएका बन्दीहरूको ‘बिदाई तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको छैन ।

हमासले तस्वीर सार्वजनिक गरेर बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन खोजेको टाइम्स अफ इजरायलले जनाएको छ । इजरायलले भने यसलाई प्रोपोगान्डाको रूपमा लिएको छ ।

इजरायलले गाजा क्षेत्रमा सैन्य आक्रमण तीव्र बनाइरहेको बेला बन्धकहरुको जीवन जोखिममा रहेको भन्दै हमासले बिदाइ तस्वीर सार्वजनिक गरेको हो । विपिनसहित ४८ जना दुई वर्षदेखि हमासको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : 6:56 am

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो