पाथीभराको रेस्क्यू हाउस र टि हाउसमा आगजनी, साढे एक करोड बढीको क्षति



ताप्लेजुङ, असोज ५ गते । जेनजी आन्दोलनको क्रममा ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माण गरिएको रेस्क्यू हाउस (आपतकालीन उपचार कक्ष) तथा टि हाउस (चिया घर) भवनमा आगजनी हुँदा साढे एक करोड बढीको क्षति भएको छ । पाथीभरा धाम प्रवेशद्वार नजिक रहेको रेस्क्यू हाउस र टि हाउसमा आगजनी हुँदा एक करोड ५५ लाख १८ हजार रुपियाँ बराबरको क्षति भएको हो ।

गत भदौ २३ र २४ गते देशभरी भएको जेनजी आन्दोलनको क्रममा केही अराजक समूहले गत भदौ २६ गते राति उक्त रेस्क्यू हाउस र टि हाउसमा आगजनी गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजित हाङबाङले बताउनुभयो । उहाँका अनुसार त्यहाँ रहेको एक करोड रुपियाँ बराबरको एसवाई प्यानलबाट निर्मित भवन जलेर नष्ट भएको छ ।

यस्तै, ५० लाख रुपियाँ बराबरको एसवाई प्यानलबाट निर्मित रेस्क्यू हाउस, एक लाख २० हजार रुपियाँको जेनेरेटर, एक लाख ३५ हजार रुपियाँको ब्लाङकेट (कम्बल), १६ हजार रुपियाँको बेड म्याट, १ लाख ५० हजार रुपियाँको काठबाट निर्मित खाट, २५ हजार रुपियाँको टि टेबल, ४२ हजार रुपियाँको प्लास्टिक कुर्सी र ३० हजार रुपियाँको भाडा कुँडा साथै कुकर जलेर नष्ट भएको निर्देशक हाङबाङको भनाइ छ ।

कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७८–७९ को योजना मार्फत उक्त संरचना निर्माण गरिएको थियो । उक्त टि हाउसमा आगो लगाई ध्वस्त बनाइएको र रेस्क्यू हाउसमा सिलिन्डर विस्फोट गराई क्षति गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

केही समय पहिले नै निर्माण सम्पन्न गरिएका भवनहरू सञ्चालनमा ल्याउन सुरु नभई आगजनी भएको हो । आगजनी घटनाबारे अनुसन्धानमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 6:34 am

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो