मैवाखोलामा सेफ्टी ट्याङकीको खाल्डोमा परि दुई बालबालिकाको मृत्यु




ताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिकामा सौचालयको सेफ्टी ट्याङकीको खाल्डोमा परि दुई बालबालिकाको मृत्यु भएको छ । सौचालयको सेफ्टी टयाङ्कीमा जमेको पानीमा पौडी खेल्ने क्रममा दुईजना बालबालिकाको मृत्यु भएको हो ।
पालिकाको केन्द्र साँघुको नारायणी माबिको निर्माणाधिन सौचालयको अन्दाजी ७÷८ फिट गहिरो खनिएको सेफ्टी ट्याङ्कीको खाल्डोमा पौडी खेल्ने क्रममा पालिकाको वडा नं ३ थक्लुङटोलका चन्द्र बहादुर थक्लुङको छोरा वर्ष ९ का मौसम लिम्बु र वडा नं.४ ताम्राङका लाक्पा शेर्पाको छोरी साँघु बजार माईजु सुमित्रा शेर्पाको घरमा बस्ने वर्ष ९ कै याङजु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरिक्षक रोहित कुमार बढँईले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक बालबालिकाको शव पोष्टमार्टम गरि आफन्तलाई जिम्मा लगाईएको छ ।

प्रकाशित मिति : 8:28 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर