फक्ताङलुङ गाउँपालिकाद्धारा मंगलबार शोक विदा




रेडियो काबेली
ताप्लेजुङ । सोमबार काठमाडौंमा भएको नयाँ युवापुस्ता (जेनजी) हरुको प्रर्दशनमा १९ जनाको ज्यान गएको भन्दै फक्ताङलुङ गाउँपालिकाले मंगलबार (आज) शोक विदा दिएको छ । गाउँपालिकाले सोमबार गाउँपालिका अध्यक्ष स्तरीय निर्णयानुसार सरकारको यस कदमको घोर भत्र्सना गर्दै शोक विदा दिएको हो ।

गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति) ले गाउँपालिका कार्यालय मातहतका सम्पुर्ण कार्यालय तथा संघ संस्था, बैंक, वित्तीय संस्था साथै शैक्षिक संस्थाहरुमा शोक विदा दिने निर्णय गरेको बताउनुभयो । समृद्ध नेपाल निर्माणका निमित्त भ्रष्टाचार विरुद्ध गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा सरकार पक्षबाट भएको दमनका कारण दर्जनौ नागरिकले अनाहकमा ज्यान गुमाएकोमा गाउँपालिका मर्महात भएको भन्दै समवदेनमा व्यक्त गरेको छ । प्रर्दशनमा १९ जनाको मृत्यु भएको थियो भने ४ सय भन्दाबढी घाईतेहरुको देशका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : 10:01 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी