फक्ताङलुङ गाउँपालिकाद्धारा मंगलबार शोक विदा




रेडियो काबेली
ताप्लेजुङ । सोमबार काठमाडौंमा भएको नयाँ युवापुस्ता (जेनजी) हरुको प्रर्दशनमा १९ जनाको ज्यान गएको भन्दै फक्ताङलुङ गाउँपालिकाले मंगलबार (आज) शोक विदा दिएको छ । गाउँपालिकाले सोमबार गाउँपालिका अध्यक्ष स्तरीय निर्णयानुसार सरकारको यस कदमको घोर भत्र्सना गर्दै शोक विदा दिएको हो ।

गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति) ले गाउँपालिका कार्यालय मातहतका सम्पुर्ण कार्यालय तथा संघ संस्था, बैंक, वित्तीय संस्था साथै शैक्षिक संस्थाहरुमा शोक विदा दिने निर्णय गरेको बताउनुभयो । समृद्ध नेपाल निर्माणका निमित्त भ्रष्टाचार विरुद्ध गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा सरकार पक्षबाट भएको दमनका कारण दर्जनौ नागरिकले अनाहकमा ज्यान गुमाएकोमा गाउँपालिका मर्महात भएको भन्दै समवदेनमा व्यक्त गरेको छ । प्रर्दशनमा १९ जनाको मृत्यु भएको थियो भने ४ सय भन्दाबढी घाईतेहरुको देशका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : 10:01 am

अन्तराष्ट्रिय आमन्त्रण आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २८ गते । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप

ताप्लेजुङको सिदिङ्वाबाट अवैध काठसहित सात ट्रक नियन्त्रण

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा अवैध रूपमा काठ ढुवानी

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मंसिर ७ गतेबाट, पुरस्कार अलैँची

ताप्लेजुङ, कात्तिक २६ गते । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा

ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप

ताप्लेजुङ, कात्तिक २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका

ताप्लेजुङमा मनाइयो महागुरु फाल्गुनन्दको जन्मजयन्ती

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा किराँत धर्मका महागुरु तथा