मन्त्री हाङगामद्वारा महिला उद्यमीले उत्पादित गरेको अलैँची जन्य खाद्य सामग्रीको अवलोकन



साहारा लिम्बू 
ताप्लेजुङ, भदौ ४ गते ।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले ताप्लेजुङको स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका अलैँची जन्य मसला र खाद्य सामग्रीको अवलोकन गर्नुभएको छ । फुङलिङ बजारमा साहस परियोजनाद्वारा सम्पन्न अलैँची पोष्ट हार्भेस्ट तालिमको अवसरमा उहाँले उक्त अलैँची जन्य मसला र खाद्य सामग्रीको अवलोकन गर्नुभएको हो ।

महिला उद्यमीहरूले घरेलु रूपमा उत्पादन गरेका अलैँची मसला, प्रशोधित खाद्य पदार्थ र अन्य स्थानीय सामग्री प्रदर्शनीमा राखेका थिए । प्रदर्शनी अवलोकन पछि मन्त्री हाङगामले घरेलु उद्योग प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा विभिन्न योजना रहेको उल्लेख गर्दै उद्यमी तथा कृषकको मागका आधारमा स्थानीय तह मार्फत बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

उहाँले अलैँची र अन्य स्थानीय स्रोतमा आधारित उद्योग विकास गर्न सके रोजगारी सिर्जना हुने मात्र नभई जिल्लाको अर्थ तन्त्र सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । ताप्लेजुङ अलैँची उत्पादनको सम्भावना बोकोको क्षेत्र भएकाले यसको प्रवर्द्धन, गुणस्तर सुधार र लगानी विस्तारका लागि मन्त्रालयले बजेट विनियोजन गरेको पनि उहाँले बताउनुभयो ।

मन्त्री हाङगामका अनुसार अलैँची नर्सरी व्यवस्थापन, बगैँचा विस्तार र वातावरण संरक्षणसँगै उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि नीतिगत सुधार र आवश्यक समन्वय भइरहेको छ । तालिमको अवरसमा स्थानीय उद्यमीहरूले विषेश गरी अलैँचीबाट उत्पादित चिया, मसलासँगै अलैँचीको सुकेको डाँठलाई प्रशोधन गरी निर्माण गरिएको विभिन्न प्रकारका सामग्रीहरू पनि प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : 6:13 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन