ताप्लेजुङमा मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको कविता गोष्ठी



ताप्लेजुङ, साउन ३१ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानले कविता गोष्ठी सञ्चालन गरेको छ । नेपाली साहित्यलाई उजागर गर्नका लागि केही समय अगाडि मात्र गठन भएको प्रतिष्ठानले आज कविता गोष्ठी सञ्चालन गरेको हो ।

गोष्ठी कार्यक्रममा जिल्लाका अग्रज तथ उदयमान साहित्यकारले आफ्ना रचनाहरू वाचन गरेका थिए । साहित्य क्षेत्रमा निरन्तर कलम चलाई रहेका अग्रज साहित्यकार लेकाली कान्छा (मुक्कुम), होमनाथ दाहाल, उदय भट्टराई, नवराज आचार्य, अग्रज गायक भरत गुरुङ, मित्र लिङदेन, प्रशान्त लेखक, देवानसिङ मादेन (बिरही कान्छा सुब्बा), मनिष हेल्लोक, सीता पिरती, लिला आँशु असफल लगायतले आफ्ना रचना वाचन गर्नु भएको थियो ।

कार्यक्रममा २३ जना स्रष्टाले रचना वाचन गरेको प्रतिष्ठानका सचिव बरही कान्छा सुब्बाले जानकारी दिनु भयो । सहभागी केही स्रष्टाहरूले मातृभाषामा समेत रचना प्रस्तुत गरेका थिए । साहित्यलाई संरक्षण गर्न, अग्रज स्रष्टाको अनुभव सुन्न तथा नयाँ पुस्तालाई समेत साहित्य प्रति आकर्षित गर्न गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले गोष्ठीमा रचना वाचन गर्ने स्रष्‍टालाई प्रशंसा पत्र समेत प्रदान गरेको छ ।

कार्यक्रम कोशी प्रदेशका पूर्वमन्त्री बल बहादुर साम्सोहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : 6:18 am

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण