ताप्लेजुङमा मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन



ताप्लेजुङ । मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन गरिएको छ । ताप्लेजुङमा साहित्य क्षेत्रमा कलम चलाउँदै आएका साहित्यकारहरुको जिल्ला भेलाले मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन गरेको हो ।

मनिष हेल्लोक अध्यक्ष रहेको २९ सदस्यीय प्रतिष्ठानको कार्यसमिति चयन गरिएको आइतबार सदरमुकाम फुङ्लिङमा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । 

प्रतिष्ठान कार्यसमिति उपाध्यक्षहरुमा मणि सेम्बु, नवराज आचार्य र मुक्साम लाबुङ, महासचिवमा पोमु केत्छाङ, सीता ‘पिरती’ साँवा, सचिवमा देवानसिंह मादेन, सहसचिवमा केबी किराती र कोषाध्यक्षमा लीला ‘आँसु’ सुनुवार चयन हुनुभएको छ । 

यस्तै सदस्यहरूमा विवश केदेम, जिवन कालिकोटे, विनिता फेयङ, आलोक माबोहाङ, भिम अधिकारी, सुवास रिजाल, विनिता राई, पोष्ट बहादुर गुरुङ, नरेश मादेन, दिल बहादुर मादेन, राम जि लिङदेन, चन्द्र पराजित, शान्ति फियाक, मनु माबो, लक्ष्मी मादेन, सरिता गुरुङ, एनपी गाउँले, जितेन चेम्जोङ, योगेन्द्र खिम्दीङ, राम प्रकाश मेन्याङबो, नेत्र अविरल र सङ्घर्ष बेघा चयन हुनुभएको छ । 

मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन भएसँगै साहित्यिक समावेशी र संरक्षण, साहित्यिक कार्यक्रम र प्रशिक्षण तथा मुक्कुमलुङ साहित्य सम्मानको स्थापना जस्ता तीन वटा योजनालाई कार्यान्वयनमा लैजाने प्रतिष्ठानले आफ्नो कार्ययोजनासमेत सार्वजनिक गरेको छ । 

प्रतिष्ठानले अघि सारेको उक्त तीनवटा योजनालाई तत्काल कार्यान्वयनमा लैजाने तयारी गरिएको नवगठित कार्यसमितिका अध्यक्ष हेल्लोकले बताउनुभयो । यस्तै अन्य जिल्ला र विदेशमा समेत प्रतिष्ठानको शाखा र उपशाखा गठन गर्ने योजना रहेको अध्यक्ष हेल्लोकले बताउनुभयो । 

प्रकाशित मिति : 5:09 pm

नेपाल भाषा तथा सांस्कृतिक समाज मनायो नेपाल सम्वत्

सौगात विष्ट ताप्लेजुङ, कात्तिक ५ गते । नेपाल भाषा तथा

पाथीभरामा कार्तिक ८ गते पुजा आराधाना सहित वृहत सरसफाई कार्यक्रम हुने

रेडियो काबेलीताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिती र फुङलिङ नगरपालिकाको

फुङलिङमा एक घरमा आगलागी हुँदा ३६ लाख बराबरबो क्षती

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुुङलिङमा एक घरमा मंगलबार साँझ आगलागी

ताप्लेजुङ सेवा समाज मलेसियाद्धारा सिदिङ्वाका मृगौला पिडितलाई आर्थिक सहयोग

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका

पाँचौ मेरिङदेन कप फुटबल प्रतियोगिता कार्तिक ७ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दिपावलीको अवसरमा पाँचौ मेरिङदेन कप पुरुष फुटबल