ताप्लेजुङमा हजार बढी सवारी साधन कारबाहीमा पर्दा आठ लाख राजश्व सङ्कलन



ताप्लेजुङ। ताप्लेजुङमा एक वर्षको अवधिमा एक हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । गत आर्थिक वर्ष २०८१र८२ मा एक हजार ५७ वटा सवारी साधन कारबाहीमा परेका परेका हुन ।  

जसमा ३० वटा टिप्पर, दुई वटा बस, तीन सय ७५ वटा कार, जिप र भ्यान  कारबाहीमा परेका छन् । यस्तै  एक सय सात वटा ट्रयाक्टर, चार सय ८२ वटा मोटरसाइकल, ५० वटा टेम्पो र अन्य ११ वटा सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (प्रहरी सहायक निरीक्षक) सुमन अधिकारीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार उक्त सावारी साधन कारबाहीबाट आठ लाख ३१ हजार पाँच सय रुपियाँ राजश्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा भने एक हजार तीन सय सवारी सवारी साधन कारबाहीमा परेका थिए । उक्त कारबाहीबाट सात लाख ४७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी सहायक निरीक्षक अधिकारीको भनाई छ ।

जिल्लामा सवारी साधन कारबाही घट्दा राजश्व सङ्कलन भने बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ८४ हजार ५०० रुपियाँ बढी राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

प्रकाशित मिति : 11:38 am

उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन 

ताप्लेजुङ, पुस १२ गते । उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी