सुनमा लगाइएको विलासिता करको विरुद्धमा ताप्लेजुङमा विरोध प्रर्दशन



ताप्लेजुङ । सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता करको विरुद्धमा ताप्लेजुङमा विरोध प्रर्दशन गरिएको छ । पाथीभरा सुनचाँदी तथा कला व्यवसायी सङ्घ ताप्लेजुङले सोमबार बिरोध प्रर्दशन गरेको हो ।

विरोध प्रदर्शन फुङ्लिङ बजार परिक्रमा गर्दै बिरेन्द्र चोकमा पुगी कोणसभामा परिणत भएको थियो । केन्द्रीय निर्देशन अनुसार नै विरोध प्रर्दशन गरिएको पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष गंगाराम शंखरले बताउनुभयो ।

विरोध प्रर्दशन फुङ्लिङ बजार परिक्रमा गर्दै बिरेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सरकारले लगाएको उक्त करले व्यवसायी मात्र नभई आम उपभोक्ता प्रत्यक्ष मारमा परेको उहाँको भनाई छ ।

यस्तै नागरिकको मर्म र भावना विपरित लगाइएको कर सरकारले तुरुन्त फिर्ता लिनुपर्ने माग राख्नुभएको छ । सरकारले आर्थिक वर्ष २०८२–८३ को बजेटमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर र हिरालगायत बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको छ ।

यो सँगै देशैभरका गहना व्यवसायी सडकमा उत्रिएका छन् ।

प्रकाशित मिति : 6:38 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन