सुनमा लगाइएको विलासिता करको विरुद्धमा ताप्लेजुङमा विरोध प्रर्दशन



ताप्लेजुङ । सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता करको विरुद्धमा ताप्लेजुङमा विरोध प्रर्दशन गरिएको छ । पाथीभरा सुनचाँदी तथा कला व्यवसायी सङ्घ ताप्लेजुङले सोमबार बिरोध प्रर्दशन गरेको हो ।

विरोध प्रदर्शन फुङ्लिङ बजार परिक्रमा गर्दै बिरेन्द्र चोकमा पुगी कोणसभामा परिणत भएको थियो । केन्द्रीय निर्देशन अनुसार नै विरोध प्रर्दशन गरिएको पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष गंगाराम शंखरले बताउनुभयो ।

विरोध प्रर्दशन फुङ्लिङ बजार परिक्रमा गर्दै बिरेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सरकारले लगाएको उक्त करले व्यवसायी मात्र नभई आम उपभोक्ता प्रत्यक्ष मारमा परेको उहाँको भनाई छ ।

यस्तै नागरिकको मर्म र भावना विपरित लगाइएको कर सरकारले तुरुन्त फिर्ता लिनुपर्ने माग राख्नुभएको छ । सरकारले आर्थिक वर्ष २०८२–८३ को बजेटमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर र हिरालगायत बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको छ ।

यो सँगै देशैभरका गहना व्यवसायी सडकमा उत्रिएका छन् ।

प्रकाशित मिति : 6:38 pm

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी

ताप्लेजुङमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट करदाता सेवा सुरु

ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने