पाथीभरा क्षेत्र विकास समितिका अध्यक्षलाई हातपात नगरेको मन्त्री हाङगामको भनाई



ताप्लेजुङ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङगामले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेलाई आफूले हातपात नगरेको बताउनुभएको छ । प्रेस युनियन ताप्लेजुङको आयोजनामा शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

आफू छोरीको कपडा किन्न जाँदै गर्दा भेट भएको र सोही क्रममा उहाँले अगाडि ‘फलानालाई ठिक पार्छु भन्दै’ हिँडेको विषयमा आफूले सोधखोज गर्दा भनाभन भएको र सोही क्रममा आफूले प्रतिरक्षा मात्र गरेको बताउनुभएको छ । हाङ्गामले भन्नुभयो, “उहाँले युवा शक्ति उत्पादन गरेको छु भन्नुभयो रे उहाँ मेरो प्यारो भाइ हो यही कारण मैले यस्तो भन्न मिल्छ भनेर प्रश्न गर्दा म माथि आइ लागेकाले प्रतिकार मात्र गरेको हुँ ।”

यस्तै थेबे आफूप्रति सुनियोजित रुपमा उभिएको हाङगामको दाबी छ । यो सँगै हाङगामले आफूसँगको भेटमा थेबेले बोकेको शङ्कास्पद बस्तु के हो भनेर छानबिन हुनुपर्ने बताउनुभएको छ । उक्त बस्तुको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र जिल्ला प्रहरी प्रमुख बोदप्रसाद गौतमले जवाफ दिनुपर्ने मन्त्री हाङगामको भनाई छ ।

यो विषयमा आफूले नेपाल सरकारका गृहमन्त्री र प्रमुख जिल्ला अधिकारीसँग समेत कुरा गर्ने हाङगामले बताउनुभयो । केही दिन अघि फुङ्लिङस्थित दोबाटो छेउमा हाङगाम र थेबेबिच झगडा भएका खबर बाहिर आएको थियो ।

प्रकाशित मिति : 2:15 pm

तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता भदौ २४ गते, पुरस्कार राशि वृद्धि

ताप्लेजुङ, भदौ १० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा तेस्रो तिम्बुङ

आठराई त्रिवेणीका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन

ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका पाँचवटै

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष