पाथीभरा क्षेत्र विकास समितिका अध्यक्षलाई हातपात नगरेको मन्त्री हाङगामको भनाई



ताप्लेजुङ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङगामले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेलाई आफूले हातपात नगरेको बताउनुभएको छ । प्रेस युनियन ताप्लेजुङको आयोजनामा शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

आफू छोरीको कपडा किन्न जाँदै गर्दा भेट भएको र सोही क्रममा उहाँले अगाडि ‘फलानालाई ठिक पार्छु भन्दै’ हिँडेको विषयमा आफूले सोधखोज गर्दा भनाभन भएको र सोही क्रममा आफूले प्रतिरक्षा मात्र गरेको बताउनुभएको छ । हाङ्गामले भन्नुभयो, “उहाँले युवा शक्ति उत्पादन गरेको छु भन्नुभयो रे उहाँ मेरो प्यारो भाइ हो यही कारण मैले यस्तो भन्न मिल्छ भनेर प्रश्न गर्दा म माथि आइ लागेकाले प्रतिकार मात्र गरेको हुँ ।”

यस्तै थेबे आफूप्रति सुनियोजित रुपमा उभिएको हाङगामको दाबी छ । यो सँगै हाङगामले आफूसँगको भेटमा थेबेले बोकेको शङ्कास्पद बस्तु के हो भनेर छानबिन हुनुपर्ने बताउनुभएको छ । उक्त बस्तुको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र जिल्ला प्रहरी प्रमुख बोदप्रसाद गौतमले जवाफ दिनुपर्ने मन्त्री हाङगामको भनाई छ ।

यो विषयमा आफूले नेपाल सरकारका गृहमन्त्री र प्रमुख जिल्ला अधिकारीसँग समेत कुरा गर्ने हाङगामले बताउनुभयो । केही दिन अघि फुङ्लिङस्थित दोबाटो छेउमा हाङगाम र थेबेबिच झगडा भएका खबर बाहिर आएको थियो ।

प्रकाशित मिति : 2:15 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो