सिदिङ्वा गाउँपालिकाको बजेट साढे ४४ करोड बढी



ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि साढे ४४ करोड बढीको बजेट गाउँसभामा प्रस्तुत गरेको छ । विहिबार भएको गाउँपालिकाको १७औं गाउँसभाबाट उक्त बजेट प्रस्तुत गरिएको हो ।

पालिकाको केन्द्र साब्लाखुमा उपाध्यक्ष कृष्ण कुमारी कडरियाले ४४ करोड ५२ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । जसमध्ये आन्तरिक स्रोतबाट ५ करोड ४७ लाख ७५ हजार ४५२ रुपियाँ, वित्तिय समानीकरण सङ्घ बाट १० करोड ३० लाख, राजश्व बाँडफाँडबाट ८ करोड २२ लाख र प्रदेश अन्तर्गत वित्तिय समानीकरणबाट ९२ लाख २३ हजार रुपियाँ आय हुनेमा अनुमान गरिएको छ ।

त्यस्तै प्रदेशको राजश्व बाँडफाँडबाट ५१ लाख ७६ हजार, रोयल्टी बाँडफाँड १ लाख ५० हजार र स्थानीयको राजश्व बाँडफाँडबाट ६ लाख रुपियाँ प्राप्त हुने विवरण उपाध्यक्ष कडरियाले पेश गर्नु भएको बजेटमा उल्लेख छ ।

त्यस्तै सङ्घीय सरकारको ससर्त अनुदानबाट १९ करोड १ लाख रुपियाँ आय हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : 9:20 pm

उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन 

ताप्लेजुङ, पुस १२ गते । उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी