सिदिङ्वा गाउँपालिकाको बजेट साढे ४४ करोड बढी



ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि साढे ४४ करोड बढीको बजेट गाउँसभामा प्रस्तुत गरेको छ । विहिबार भएको गाउँपालिकाको १७औं गाउँसभाबाट उक्त बजेट प्रस्तुत गरिएको हो ।

पालिकाको केन्द्र साब्लाखुमा उपाध्यक्ष कृष्ण कुमारी कडरियाले ४४ करोड ५२ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । जसमध्ये आन्तरिक स्रोतबाट ५ करोड ४७ लाख ७५ हजार ४५२ रुपियाँ, वित्तिय समानीकरण सङ्घ बाट १० करोड ३० लाख, राजश्व बाँडफाँडबाट ८ करोड २२ लाख र प्रदेश अन्तर्गत वित्तिय समानीकरणबाट ९२ लाख २३ हजार रुपियाँ आय हुनेमा अनुमान गरिएको छ ।

त्यस्तै प्रदेशको राजश्व बाँडफाँडबाट ५१ लाख ७६ हजार, रोयल्टी बाँडफाँड १ लाख ५० हजार र स्थानीयको राजश्व बाँडफाँडबाट ६ लाख रुपियाँ प्राप्त हुने विवरण उपाध्यक्ष कडरियाले पेश गर्नु भएको बजेटमा उल्लेख छ ।

त्यस्तै सङ्घीय सरकारको ससर्त अनुदानबाट १९ करोड १ लाख रुपियाँ आय हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : 9:20 pm

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम