आजदेखि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्दै फुङलिङ नगरपालिका



ताप्लेजुङ । फुङलिङ नगरपालिकाले आजदेखि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्दैछ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ समन्वयमा फुङलिङ नगरपालिकाले वडा नं. ९ हाङदेवामा कार्यक्रमको आयोजना गरेको छ । 

जनताको चासो, गुनासो, मागलाई सम्बोधन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । स्थानीय सरकारले गरेको गतिविधिहरु प्रति नगरवासी कत्ति सन्तुष्ट छन् र भावी दिनमा कस्ता योजनाको आवश्यकता रहेछ भन्ने जानकारी लिने सहितको कार्यक्रम रहेकाले उपस्थितिका लागि सम्पूर्ण वडा बासीहरुलाई नगरपालिकाले आह्वान समेत गरेको छ । कार्यक्रम बिहान ११ बजेबाट हाङदेवा स्वास्थ्य चौकीको प्राङ्गणमा सञ्चालन गर्ने तयारी भइरहेको छ । 

कार्यक्रममा आफ्ना जिज्ञासा पेश गर्न वडा तहका दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्था, वडा बासीलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । स्थानीयले पेश गरेको जिज्ञासाको जवाफ दिन नगरप्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद गौतम, वडाध्यक्ष लक्षुमन गुरुङ, वडा सदस्य, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहने बताइएको छ । 

यस्तै जेठ ३१ गते ११ नं. फावाखोलामा, असार ३ गते ८ नं. वडा दोखुमा र असार ४ गते १० नं. वडा फुरुम्बुमा जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन हुने तालिका तय भएको छ । 

आज भएको अन्तरक्रिया कार्यक्रमलाई रेकर्ड गरि जिल्लाका तीनओटै रेडियोहरूबाट प्रसारण गर्नुका साथै अफिसियल पेजमार्फत श्रव्यदृश्य समेत प्रसारण गरिने नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : 8:01 am

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो