आजदेखि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्दै फुङलिङ नगरपालिका



ताप्लेजुङ । फुङलिङ नगरपालिकाले आजदेखि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्दैछ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ समन्वयमा फुङलिङ नगरपालिकाले वडा नं. ९ हाङदेवामा कार्यक्रमको आयोजना गरेको छ । 

जनताको चासो, गुनासो, मागलाई सम्बोधन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । स्थानीय सरकारले गरेको गतिविधिहरु प्रति नगरवासी कत्ति सन्तुष्ट छन् र भावी दिनमा कस्ता योजनाको आवश्यकता रहेछ भन्ने जानकारी लिने सहितको कार्यक्रम रहेकाले उपस्थितिका लागि सम्पूर्ण वडा बासीहरुलाई नगरपालिकाले आह्वान समेत गरेको छ । कार्यक्रम बिहान ११ बजेबाट हाङदेवा स्वास्थ्य चौकीको प्राङ्गणमा सञ्चालन गर्ने तयारी भइरहेको छ । 

कार्यक्रममा आफ्ना जिज्ञासा पेश गर्न वडा तहका दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्था, वडा बासीलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । स्थानीयले पेश गरेको जिज्ञासाको जवाफ दिन नगरप्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद गौतम, वडाध्यक्ष लक्षुमन गुरुङ, वडा सदस्य, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहने बताइएको छ । 

यस्तै जेठ ३१ गते ११ नं. फावाखोलामा, असार ३ गते ८ नं. वडा दोखुमा र असार ४ गते १० नं. वडा फुरुम्बुमा जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन हुने तालिका तय भएको छ । 

आज भएको अन्तरक्रिया कार्यक्रमलाई रेकर्ड गरि जिल्लाका तीनओटै रेडियोहरूबाट प्रसारण गर्नुका साथै अफिसियल पेजमार्फत श्रव्यदृश्य समेत प्रसारण गरिने नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : 8:01 am

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०