ताप्लेजुङमा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष सुरु



ताप्लेजुङ । ताप्लेजुङमा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष सुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश र फुङलिङ नगरपालिका साथै स्विट्जरल्याण्ड सरकारको समन्वयमा उक्त केन्द्रको सुरुवात गरिएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको हाता भित्र नवनिर्मित स्रोत केन्द्रको फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले उद्घाटन गर्नुभएको छ । साथै केन्द्रमा दुई जना सुरक्षित आप्रवासन सहजकर्ता रहनेछन् ।

वैदेशिक रोजगारीमा जानुपूर्व पासपोर्ट बनाउनु अघि र बनाइसकिए पछि वैदेशिक रोजगारीमा जानको लागि अपनाउनु पर्ने प्रकिया, हुन सक्ने ठगी, मेनपावर कम्पनीको बारेमा उक्त सहजकर्ताले जानकारी प्रदान गर्ने नगर प्रमुख मादेनले बताउनुभयो ।

यस्तै उद्घाटन कार्यक्रममा बोल्नु हुँदै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा पौडेलले वैदेशिक रोजगारीमा हुने ठगीलाई रोकी सुरक्षित रुपमा आप्रवासनका लागि केन्द्रले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । यस अघि आप्रवासी स्रोत केन्द्र सहायता कक्ष देशभरका ७५ जिल्लामा सञ्चालनमा छन् ।

ताप्लेजुङमा सुरु भए सँगै ७६ वटा जिल्लामा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष स्थापना भएको छ । अब सङ्खुवासभा जिल्लामा मात्र यो कक्ष स्थापना हुन बाँकी रहेको छ ।

प्रकाशित मिति : 1:07 pm

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा

केबलकार विरोधी आन्दोलन फिर्ता लिन आग्रह

ताप्लेजुङ, जेठ २ गते । पाथीभरा देवी (मुकुम्लुङ) केबलकार आयोजनाको

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

ताप्लेजुङ, जेठ १ गते । सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग