ताप्लेजुङमा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष सुरु



ताप्लेजुङ । ताप्लेजुङमा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष सुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश र फुङलिङ नगरपालिका साथै स्विट्जरल्याण्ड सरकारको समन्वयमा उक्त केन्द्रको सुरुवात गरिएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको हाता भित्र नवनिर्मित स्रोत केन्द्रको फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले उद्घाटन गर्नुभएको छ । साथै केन्द्रमा दुई जना सुरक्षित आप्रवासन सहजकर्ता रहनेछन् ।

वैदेशिक रोजगारीमा जानुपूर्व पासपोर्ट बनाउनु अघि र बनाइसकिए पछि वैदेशिक रोजगारीमा जानको लागि अपनाउनु पर्ने प्रकिया, हुन सक्ने ठगी, मेनपावर कम्पनीको बारेमा उक्त सहजकर्ताले जानकारी प्रदान गर्ने नगर प्रमुख मादेनले बताउनुभयो ।

यस्तै उद्घाटन कार्यक्रममा बोल्नु हुँदै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा पौडेलले वैदेशिक रोजगारीमा हुने ठगीलाई रोकी सुरक्षित रुपमा आप्रवासनका लागि केन्द्रले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । यस अघि आप्रवासी स्रोत केन्द्र सहायता कक्ष देशभरका ७५ जिल्लामा सञ्चालनमा छन् ।

ताप्लेजुङमा सुरु भए सँगै ७६ वटा जिल्लामा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष स्थापना भएको छ । अब सङ्खुवासभा जिल्लामा मात्र यो कक्ष स्थापना हुन बाँकी रहेको छ ।

प्रकाशित मिति : 1:07 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो