जन्मदिनको अवसरमा पौडेलद्वारा नेत्रज्योति सङ्घ ताप्लेजुङको ‘बृहत् अक्षयकोष’ लाई १ लाख १ हजार प्रदान



ताप्लेजुङ । आफ्नो जन्मदिनको अवसर पारेर ताप्लेजुङका व्यवसायी तथा नेपाल नेत्रज्योति सङ्घका आजीवन सदस्य दुर्गाप्रसाद पौडेलले नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङले स्थापना गरेको ‘बृहत् अक्षयकोष’मा १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नु भएको छ । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीका अनुसार पौडेलले आफ्नो जन्मदिन (बैशाख ८) को अवसर पारेर १ लाख १ हजार १ सय ११ रुपैयाँको चेक नेत्रज्योति सङ्घ ताप्लेजुङ सभापति राजकुमार गुरुङलाई हस्तान्तरण गर्नु भएको हो । 

पौडेलले प्रदान गरेको रकम नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ शाखाले अक्षयकोष खातामा जम्मा गर्ने भएको छ । शाखाका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार नेपाल नेत्रज्योति सङ्घले आँखा स्वास्थ्य क्षेत्रको प्रवर्द्धनका लागि बृहत् अक्षयकोष स्थापना गरेको छ । सोही कोषमा पौडेलबाट प्राप्त भएको रकम जम्मा गरी त्यसबाट प्राप्त ब्याज आँखा स्वास्थ्य क्षेत्रको प्रवर्द्धनका लागि खर्च गर्ने नेत्रज्योति सङ्घले योजना बनाएको छ । 

ताप्लेजुङका सफल युवा व्यवसायी पौडेलले दृष्टिबाहिर हुनबाट बचाउने तथा दृष्टिको समस्यामा परेकाहरूलाई उपचारका लागि सहयोग गर्ने असल मनसायका साथ नेत्रज्योति सङ्घले स्थापना गरेको अक्षयकोषमा जन्मदिनमा हुने फजुल खर्च कटाएर आफूले सहयोग गरेको बताउनुभयो । श्रीमती संगिता, छोरी कृषा र छोरा कृष गरी परिवारकै तर्फबाट उक्त सहयोग प्रदान भएको पौडेलले जानकारी दिए । 

सङ्घले स्थापना गरेको अक्षयकोषमा यसअघि पाथीभरा याङवरक गाउँपालिकाका खगेन्द्र गुरुङले १ लाख रुपैयाँ जम्मा गर्नु भएको छ । सङ्घका शाखा सभापति गुरुङले आँखा स्वास्थ्य सेवालाई प्रभावकारी र विश्वसनीय बनाउन आफूहरूले बृहत् अक्षयकोष स्थापना गरेको र अक्षयकोषमा रकम जम्मा गरी आँखा स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउने महान उद्देश्यमा मनकारी व्यक्तित्वहरू जोडिन थालेको भन्दै सहयोगी व्यक्तित्वहरूलाई धन्यवाद दिनु भएको छ ।

 नेपाल नेत्रज्योति सङ्घले आँखा स्वास्थ्य सेवालाई प्रभावकारी र सोझै जनताको पहुँचसम्म पु¥याउने उद्देश्यले ‘बृहत् अक्षयकोष स्थापना गरेको छ । त्यसलाई कानुनी वैधता दिन उसले गत पुस २३ गते वार्षिक साधारणसभाबाट ‘नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको अक्षयकोष स्थापना, सञ्चालन तथा व्यवस्थापन’ सम्बन्धी विनियम पारित गरी कार्यान्वयनमा लगेको जनाएको छ । 

अक्षयकोष सञ्चालनको मुख्य उद्देश्य आँखा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै आँखा स्वास्थ्य सेवाका गतिविधिलाई सेवा क्षेत्रका जनतामा सहज र सरल ढङ्गले अघि बढाउनु, विपन्न तथा असहाय परिवारका सदस्यलाई प्रकृति र अवस्था हेरी निःशुल्क रूपले आँखा स्वास्थ्य सेवा प्रदान गर्नु,आँखा स्वास्थ्य सेवाका गतिविधिलाई ग्रामीण र दुर्गम भेगसम्म बिस्तार गर्दै सेवा क्षेत्रका नागरिकसम्म सहज ढङ्गले आँखा स्वास्थ्य सेवा प्रदान गर्नु रहेको नेत्रज्योति सङ्घका जिल्ला सचिव युवराज गिरीले जानकारी दिनुभयो । 

अक्षयकोष दाताले दिएको रकमका लागि छुट्टै बैँक खाता सञ्चालन गरी अक्षयकोषको ब्याजबाट प्राप्त रकमको ८० प्रतिशत हिस्सा अति विपन्न, निमुखा, असहाय र उपचारको पहुँचभन्दा बाहिर रहेका नागरिकप्रति सर्मपित गर्ने र २० प्रतिशत हिस्सा नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङले बनाएको कार्ययोजना अनुसार आँखा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने योजना बनाईएको समेत नेत्रज्योति सङ्घले जनाएको छ । 

प्रकाशित मिति : 5:27 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ