ताप्लेजुङमा लागू औषध मुद्दामा फरार रहेका एक जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा लागू औषध मुद्दामा फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन् । लागू औषध मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका वडा नम्बर चार घर भइ हाल फुङलिङ नगरपालिका निवासी २२ वर्षका एमन लिम्बू रहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँको अनुसार लिम्बूलाई गत चैत्र ३१ गते फुङलिङ नगरपालिका चारबाट नै पक्राउ गरिएको हो । 

लिम्बू लागू औषध मुद्दामा जिल्ला अदालत ताप्लेजुङबाट पक्राउ पुर्जी जारी भई फरार रहेका थिए । पक्राउ परेका लिम्बुलाई मङ्गलबार अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 6:32 pm

रेडियो काबेलीका स्टेसन मेनेजर लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान

सौगात बिष्टताप्लेजुङ, बैशाख ९ गते । रेडियो काबेलीका स्टेसन मेनेजर

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ