ताप्लेजुङमा लागू औषध मुद्दामा फरार रहेका एक जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा लागू औषध मुद्दामा फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन् । लागू औषध मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका वडा नम्बर चार घर भइ हाल फुङलिङ नगरपालिका निवासी २२ वर्षका एमन लिम्बू रहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँको अनुसार लिम्बूलाई गत चैत्र ३१ गते फुङलिङ नगरपालिका चारबाट नै पक्राउ गरिएको हो । 

लिम्बू लागू औषध मुद्दामा जिल्ला अदालत ताप्लेजुङबाट पक्राउ पुर्जी जारी भई फरार रहेका थिए । पक्राउ परेका लिम्बुलाई मङ्गलबार अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 6:32 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो