ताप्लेजुङका सरकारी कार्यालयहरुले सार्वजनिक बिदामा पनि सेवा प्रवाह गर्ने



ताप्लेजुङ । ताप्लेजुङका सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्न थालेका छन् । जिल्लाको तीन वटा सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन कार्यालय खुलाउने र नियमित सेवा प्रवाह गर्ने कामको थालनी गरेका हुन् ।

यसअघि मालपोत कार्यालयले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्दैआएको थियो । यस्तै, केही दिनअघि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पनि एक सूचना जारी गर्दै सार्वजनिक बिदाको दिन सेवा प्रवाह गर्ने जनाएको थियो । यो सँगै नापी कार्यालय ताप्लेजुङले पनि सार्वजनिक बिदाको दिनमा सेवा प्रवाह गर्ने भएको छ ।

कार्यालयले सूचना जारी गर्दै २०८२ सालमा विभिन्न सार्वजनिक बिदाको दिन कार्यालय खुल्ने र नियमित सेवा प्रवाह गर्ने जानकारी गराएको छ । २०८२ सालभर अर्थात बैशाख १ गतेदेखि चैत मसान्तसम्मका विभिन्न सार्वजनिक बिदामा कार्यालय खुलाएर सेवा प्रवाह गर्नेजारी सूचनामा उल्लेख गरिएको छ ।

उँभौली पर्व वा चण्डी पूर्णिमासहित विभिन्न १७ वटा सार्वजनिक बिदामा नापी कार्यालयले सेवा प्रवाह गर्ने भएको छ । यस्तै, गणतन्त्र दिवस, हरितालिका तिज, घटस्थापना (जमरा राख्ने दिन) र किरात समुदायको उँधौली पर्व वा धान्य पूर्णिमाको सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुनेछ ।

यस्तै, क्रिसमस डे, तमु ल्होसार, पृथ्वीजयन्ती र माघे सङ्क्रान्तिमा पनि नापी कार्यालयले सेवा प्रवाह गर्ने भएको छ । सोनाम ल्होसार, सहिद दिवस, महाशिवरात्री, ग्याल्पो ल्होसार साथै राष्ट्रि«य प्रजातन्त्र दिवसमा पनि सेवा प्रवाह हुने छ । योसँगै अन्तर्राष्ट्रिय महिला दिवस र इस्लाम धर्मावलम्बीको इद उल फिद्र तथा बकर इदजस्ता सार्वजनिक बिदामा पनि नापी कार्यालयले सेवा प्रवाह गर्ने छ ।

नेपाल सरकारले प्रकाशित गरेको राजपत्रको भाग ५ अनुसार सार्वजनिक सेवा प्रवाहसम्बन्धी विषेश व्यवस्था भएबमोजिम सार्वजनिक बिदाका दिन पनि नियमित सेवा प्रवाह गरिने भएको नापी कार्यालय प्रमुख रंजिता श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सार्वजनिक बिदाको दिन कार्यालयले प्रवाह गर्ने सेवाले सेवाग्राहीलाई राहत पुग्ने छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १३:२०

ताप्लेजुङमा विभिन्न घटनमा चार जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा दुई दिनको अवधीमा चार जना पक्राउ परेका

ताप्लेजुङमा चालकको चक्कु प्रहारले सहचालक घाईते

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा मादक पदार्थ सेवन गरेका एक चालकले

भाइको हत्या अभियोगमा दाजु पक्राउ

ताप्लजुङ । ताप्लेजुङमा भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ परेका

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको

ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ

साहारा लिम्बू फुङ्लिङ, साउन १६ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा