ताप्लेजुङका सरकारी कार्यालयहरुले सार्वजनिक बिदामा पनि सेवा प्रवाह गर्ने



ताप्लेजुङ । ताप्लेजुङका सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्न थालेका छन् । जिल्लाको तीन वटा सरकारी कार्यालयहरूले सार्वजनिक बिदाको दिन कार्यालय खुलाउने र नियमित सेवा प्रवाह गर्ने कामको थालनी गरेका हुन् ।

यसअघि मालपोत कार्यालयले सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्दैआएको थियो । यस्तै, केही दिनअघि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पनि एक सूचना जारी गर्दै सार्वजनिक बिदाको दिन सेवा प्रवाह गर्ने जनाएको थियो । यो सँगै नापी कार्यालय ताप्लेजुङले पनि सार्वजनिक बिदाको दिनमा सेवा प्रवाह गर्ने भएको छ ।

कार्यालयले सूचना जारी गर्दै २०८२ सालमा विभिन्न सार्वजनिक बिदाको दिन कार्यालय खुल्ने र नियमित सेवा प्रवाह गर्ने जानकारी गराएको छ । २०८२ सालभर अर्थात बैशाख १ गतेदेखि चैत मसान्तसम्मका विभिन्न सार्वजनिक बिदामा कार्यालय खुलाएर सेवा प्रवाह गर्नेजारी सूचनामा उल्लेख गरिएको छ ।

उँभौली पर्व वा चण्डी पूर्णिमासहित विभिन्न १७ वटा सार्वजनिक बिदामा नापी कार्यालयले सेवा प्रवाह गर्ने भएको छ । यस्तै, गणतन्त्र दिवस, हरितालिका तिज, घटस्थापना (जमरा राख्ने दिन) र किरात समुदायको उँधौली पर्व वा धान्य पूर्णिमाको सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुनेछ ।

यस्तै, क्रिसमस डे, तमु ल्होसार, पृथ्वीजयन्ती र माघे सङ्क्रान्तिमा पनि नापी कार्यालयले सेवा प्रवाह गर्ने भएको छ । सोनाम ल्होसार, सहिद दिवस, महाशिवरात्री, ग्याल्पो ल्होसार साथै राष्ट्रि«य प्रजातन्त्र दिवसमा पनि सेवा प्रवाह हुने छ । योसँगै अन्तर्राष्ट्रिय महिला दिवस र इस्लाम धर्मावलम्बीको इद उल फिद्र तथा बकर इदजस्ता सार्वजनिक बिदामा पनि नापी कार्यालयले सेवा प्रवाह गर्ने छ ।

नेपाल सरकारले प्रकाशित गरेको राजपत्रको भाग ५ अनुसार सार्वजनिक सेवा प्रवाहसम्बन्धी विषेश व्यवस्था भएबमोजिम सार्वजनिक बिदाका दिन पनि नियमित सेवा प्रवाह गरिने भएको नापी कार्यालय प्रमुख रंजिता श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सार्वजनिक बिदाको दिन कार्यालयले प्रवाह गर्ने सेवाले सेवाग्राहीलाई राहत पुग्ने छ ।

प्रकाशित मिति : 1:20 pm

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको