पाथिभरा मन्दिरमा एकै दिन सात हजार बढिले गरे दर्शन



ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा एकै दिन सात हजार बढिले दर्शन गरेका छन् । शनिबार एकै दिन सात हजार एक सय ४६ जना भक्तजनले पाथिभरा मन्दीको दर्शन गरेका हुन् ।

दशैँ तिहार पछि शनिबार सबैभन्दा धेरै दर्शनार्थी पाथिभरा मन्दिर पुगेको पाथिभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताउँनुभयो । उहाँका अनुसार यस अघि दशैँ तिहारको समयमा मात्र यो प्रकारको भिड लागेको थियो ।

बिहान ३ बजेदेखि नै लाइन लगाएर गराइएको पूजा करिब दिउसो तीन बजेसम्ममा सकिएको उहाँले बताउँनुभयो । पछिल्लो समय केबुलकार विवादका कारण बन्द हड्ताल भएकाले पाथिभरा मन्दिर आउने दर्शनार्थीको सङ्ख्या कम हुँदै गएको थियो । यस अघि फागुन महिनामा सात हजार ४२८ दर्शनार्थी पाथीभरा मन्दिर पुगेका थिए ।

यस्तै माघ महिनामा भने चार हजार २४९ दर्शनार्थीले मात्र मन्दिरको दर्शन गरेका थिए । तर, शनिबार भने यो सिजनै धेरै दर्शनार्थी पाथिभरा मन्दिर आएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि नवमीका दिन अझ धेरै आउने अपेक्षा गरिएको छ ।

यता हिजोदेखि पाथीभरा दर्शन गर्न आउने तीर्थयात्रीले ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार, काफ्ले पाटी र माथिल्लो फेदीको होटलहरू भरिभराउ भएको छ । क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा दर्शन गर्ने तीर्थयात्रीले माथिल्लो फेदीका होटलहरू सोमबार सम्मका लागि बुक गरिसकेका छन् ।

सदरमुकाम फुङलिङका धेरै जसो होटलहरू पनि शुक्रबारदेखि २५ गते सम्म होटल बुक भई सकेको बताइएको छ ।

प्रकाशित मिति : 5:23 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन