लिम्बू पत्रकार सङ्घको अध्यक्षमा सन्देश सुब्बा



ताप्लेजुङ । लिम्बू पत्रकार सङ्घको केन्द्रीय अध्यक्षमा सन्देश सुब्बा इङ्वा निर्वाचित हुनुभएको छ । शुक्रबार तेह्रथुमको बसन्तपुरमा सम्पन्न तेस्रो महाधिवेशनले इङ्वा अध्यक्ष रहेको केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

निवर्तमान उपाध्यक्ष विजयबोध लावतीका अनुसार पछि मनोनित गरेर पदपूर्ति गर्नेगरी महाधिवेशनमार्फत २१ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । कार्यसमिति उपध्यक्षमा सचितानन्द लिम्बू, महिला उपाध्यक्षमा सुजता निङ्लेकु लिम्बू, महासचिवमा जीवन योङ्हाङ लिम्बू चयन हुनुभएको छ ।

यस्तै, सचिवमा ज्ञानु केदेम, सम्पदा योङ्या लिम्बू र कोषाध्यक्षमा दिलकुमार फेम्बु लिम्बू चयन हुनुभएको छ । सदस्यहरुमा सविना लिम्बू, धनबहादुर लिम्बू, मौसमी पारघरी लिम्बू र सिंहराज लिम्बू चयन हुनुभएको छ । बाँकी सदस्य सबै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी मनोनित गरिने निवर्तमान उपाध्यक्ष लावतीले बताउनुभयो ।

लिम्बू पत्रकार सङ्घको दोस्रो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित देवेन्द्र खापुङ नेतृत्वको कार्यकाल सकिएको करिव पाँच वर्षपछि तेस्रो महाधिवेशन भएको हो । तेस्रो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बेला कोभिड महामारी फैलिएपछि महाधिवेशन स्थगित हुन पुगेको थियो । कोभिड महामारीसँगै स्थगित भएको महाधिवेशन करिव आठ वर्षपछि आयोजना गरिएको छ ।

तेह्रथुमको पर्यटकीय गन्तव्य बसन्तपुरको चोलुङ पार्कमा आयोजना गरिएको तेस्रो महाधिवेशन लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कोशी प्रदेशका पूर्वअध्यक्ष सन्तबिर लामा लगायतले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।gorkhapatraonline.com

प्रकाशित मिति : 9:45 am

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र