छैटौँ ताप्लेजुङ बज्र गुरु मन्त्रजप कार्यक्रमका प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछेलाई ताप्लेजुङमा स्वागत (फोटो फिचर)



ताप्लेजुङ । ताप्लेजुङमा भारतका विश्व प्रख्यात प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछेलाई स्वागत गरिएको छ । शनिबारबाट सुरु हुने छैटौँ ताप्लेजुङ बज्र गुरु मन्त्रजप कार्यक्रमका लागि ताप्लेजुङ आउनु भएका प्रमुख लामा रिन्पोछेलाई स्वागत गरिएको हो । 

इलामबाट ताप्लेजुङ आउनुभएका प्रमुख लामा रिन्पोछेलाई स्वागतको क्रममा टासी सोल्पा नृत्य प्रस्तुत गरिएको थियो । विश्व शान्ति र मानव एकताका लागि ताप्लेजुङको फुङलिङ नगरपालिका ९ सुकेटारमा ३ दिने वृहत ताप्लेजुङ बज्र गुरु मन्त्रजप कार्यक्रम हुँदै छ । 

मन्त्रजपमा करिब २० हजार श्रद्धालु भक्तजनहरूको उपस्थिति रहने बताइएको छ । बि. सं. २०७३ सालबाट सुरु भएको मन्त्रजप कार्यक्रम कोभिड महामारीको समयमा ३ वर्ष स्थगित भएको थियो । त्यस पश्चात पुन निरन्तर मन्त्रजप कार्यक्रम हुँदै आइरहेको छ ।

२३ गते बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मन्त्रजप तथा पुजा र मध्यान्ह १२ बजेदेखि ५ बजेसम्म प्रवचन सहित आगम प्रदान गरिनेछ । त्यस्तै चैत २४ गते बिहान मन्त्रजप र १ बजेदेखि साँझ ५ बजेसम्म प्रवचन सहित आगम प्रदान गर्ने तयारी भइरहेको छ । कार्यक्रमको अन्तिम दिन चैत २५ गते परम श्रद्धेय रिन्पोछेबाट प्रवचन, श्वेत ताराको आयु अभिषेक गर्ने सचिव शेर्पाको भनाई छ । समितिका अनुसार कार्यक्रम अवधि भरि नै बुद्ध भगवानको अस्तु धातु रिङसेल दर्शन गराइने छ ।

प्रकाशित मिति : 3:23 pm

फक्ताङ्लुङका सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात

ताप्लेजुङ, जेठ ३० गते । फक्ताङ्लुङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधुनिक

ज्येष्ठ नागरिकहरूको भेटघाट र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

ताप्लेजुङ, जेठ ३० गते । ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र