सञ्चारकर्मीलाई निसाना बनाएको भन्दै पत्रकार महासङ्घ ताप्लेजुङद्वारा गृहमन्त्रालयलाई ध्यानाकर्षण



ताप्लेजुङ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले गृहमन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको अवगत गराउँदै जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयलाई ध्यानाकर्षण गराएको हो ।

सोमबार ताप्लेजुङका पत्रकारहरूको उपस्थितिमा पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई ज्ञापन पत्र बुझाउनुभएको छ । ज्ञापनपत्रमा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको, पत्रकार घाइते भएको, विभिन्न मिडिया हाउसमा आगो लगाउनुको साथै ढुङ्गामुढा गरी क्षति पु¥याइएको र मिडियाहरूका सवारी साधनमा तोडफोड गरिएको बारे नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ गम्भीर रहेको उल्लेख गरिएको छ ।

साथै ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मी माथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन र क्षति पु¥याइएका सञ्चारगृह साथै सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्ति सँगै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन महासङ्घले जोडदार माग गर्दै ज्ञापनपत्र मार्फत गृहमन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

यस्तै विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन समेत माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शर्माले प्राप्त ध्यानाकर्षण पत्र तत्काल गृहमन्त्रालयमा उपलब्ध गराउने बताउनुभएको छ ।

प्रकाशित मिति : 4:43 pm

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश

मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको

देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल

पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय