रामनवमीको अवसरमा खोक्लिङमा पुरुष फुटबल तथा भलिबल प्रतियोगिता हुने



एलिना दियाली

ताप्लेजुङ । रामनवमीको अवसरमा मिक्वाखोला गाउँपालिका– १ खोक्लिङमा आगामी चैत्र २४ गते देखि पुरुष फुटबल तथा भलिबल प्रतियोगिता हुने भएको छ । सिर्जनशील सामाजिक युवा समाज खोक्लिङको आयोजनामा खुल्ला क्लब स्तरीय पुरुष फुटबल र अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।

सिर्जनशील सामाजिक युवा समाजका अध्यक्ष ऐश्वर्य राज थापाका अनुसार फुटबलतर्फ प्रथम हुने टिमले नगद १ लाख ५० हजार ११ रुपैँया, एक सय तोला चाँदीको ३ वर्षे रनिङ कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्धितिय हुने टिमले नगद ७५ हजार ११ रुपैँया सहित ३ वर्षे रनिङ कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले समेत पुरस्कार प्राप्त गर्नेछन् । जस अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ३ हजार, वेष्ट किपर, वेष्ट डिफेन्डर, वेष्ट मिडफिल्डर, र वेष्ट फर्वाडरले समान नगद २ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने हरेक खेलको म्यान अफ द म्याचले नगद २ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै भलिबल तर्फ प्रथम हुने टिमले नगद १ लाख ३० हजार ११ सहित ५० तोला चाँदीको ३ वर्षे रनिङ कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्धितिय हुने टिमले नगद ६५ हजार ११ सहित ३ वर्षे रनिङ कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त, हरेक खेलको म्यान अफ द म्याच, वेष्ट स्पाईकर, वेष्ट डिफेन्डर, वेष्ट लिफ्टर र वेष्ट ब्लकरलाई समान नगद एक हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै मिक्वाखोला बाहिरबाट आउने टिमलाई न्युनतम ७ हजार रुपैँया उपलब्ध गराउने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

हरेक वर्ष खोक्लिङमा रामनवमीको अवसरमा विविध खेल गतिविधिका साथ मेला लाग्दै आएकोमा गत साल विविध कारणले रोकिएता पनि निरन्तरता दिने उद्धेश्यले यो वर्ष पुन सुरु गर्न लागिएको अध्यक्ष थापाको भनाई छ । प्रतियोगितालाई मिक्वाखोला गाउँपालिकाले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजन राम कुमार लिम्बुले गर्नुभएको छ । २४ गते देखी हुने प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : 2:44 pm

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश