अग्रगामी युवा क्लबको भाग्यशाली उपहार कार्यक्रम : प्रथम पुरस्कार बुलेट बाइक



ताप्लेजुङ । अग्रगामी युवा क्लब फुङलिङले भाग्यशाली उपहार कार्यक्रम सञ्चालन गर्ने भएको छ । नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा अग्रगामी युवा क्लबले उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो ।

उक्त कार्यक्रम मार्फत भाग्यशालीहरुका लागि २५ वटा विधाका पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम पुरस्कार ३५० सि. सि. क्लासिक रोयल इनफिल्ड बुलेट बाइक रहेको छ । यस्तै दोस्रा पुरस्कार १२५ सि. सि. डिइओ होण्डा स्कुटर रहेको छ भने, तेस्रो पुरस्कार एस ट्वान्टीफोर अल्ट्रा फोन रहेको छ ।

यस्तै अन्य विधाका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ । उक्त पुरस्कार प्राप्त गर्नका लागि एक हजार रुपियाँको टिकट काट्नु पर्ने हुन्छ । साथै भाग्यशाली छनोटको कार्यक्रम आगामी २०८२ साल बैशाख १ गते बिहान ९ बजेदेखि ११ बजे सम्म हुने क्लबको अध्यक्ष बिरेन्द्र थापाले जानकारी दिनुभएको छ । 

भाग्यशालीले प्राप्त गर्ने पुरस्कारहरुलाई बुधबारबाट फुङ्लिङ नगरपालिका वडा नं. ५ बिरेन्द्रचोकमा प्रदर्शनमा राखिएको छ । 

प्रकाशित मिति : 11:32 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन