प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा हाङबाङ 



ताप्लेजुङ । प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा प्रजिन हाङबाङ चयन हुनुभएको छ । सोमबार सदरमुकाम फुङ्लिङमा भएको सङ्घको तेस्रो जिल्ला अधिवेशनले हाङ्बाङ नेतृत्वको १३ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो । 

त्यस्तै समितिको उपाध्यक्षमा बिरही कान्छा सुब्बा, सचिवमा लक्ष्मी प्रसाद अधिकारी, सहसचिवमा झरेन्द्र प्रसाद तिवारी, कोषाध्यक्षमा लिला आँशु चयन हुनु भएको छ । सदस्यहरूमा टीका यक्सो, जीवन कालिकोटे (सन्देश), नेत्र अविरल, बिपना वियोगी, बिनिता वियोगी, नवराज आचार्य र अबिरसिं यक्सो चयन हुनुभएको छ । 

साथै जिल्लाका अग्रज साहित्यकार भरत गुरुङको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । समितिको सदस्यहरूमा हर्क यक्सो, शान्तिराम नेपाल, लेकाली कान्छा मुकुम, लक्ष्मी चुडाल, लक्षुमण मेन्याङ्बो र खगेन्द्र पोमु चयन हुनु भएको छ । चैत्र १६ गते हुने सङ्घको कोशी प्रदेश समितिको अधिवेशनको लागि प्रदेश प्रतिनिधिको रुपमा कमल प्रसाद भट्टराई, प्रजिन हाङ्बाङ, लक्ष्मी प्रसाद अधिकारी, लिला आँशु र टीका यक्सो छनोट हुनु भएको छ । 

प्रगतिशील लेखक सङ्घ नेपाल बामपन्थी बिचार समुहमा रहेर कलम चलाउने स्रष्‍टाहरूको सङ्गठन हो । अधिवेशन जिल्लाको अग्रज साहित्यकार भरत गुरुङको प्रमुख आतिथ्यता एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं वामपन्थी नेता खेल प्रसाद बुढाक्षेत्री (पराग) को विशिष्ट आतिथ्यतामा सम्पन्न  भएको हो । 

अधिवेशनको अध्यक्षता कमल प्रसाद भट्टराईले गर्नु भएको थियो ।

प्रकाशित मिति : 8:04 pm

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित