प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा हाङबाङ 



ताप्लेजुङ । प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा प्रजिन हाङबाङ चयन हुनुभएको छ । सोमबार सदरमुकाम फुङ्लिङमा भएको सङ्घको तेस्रो जिल्ला अधिवेशनले हाङ्बाङ नेतृत्वको १३ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो । 

त्यस्तै समितिको उपाध्यक्षमा बिरही कान्छा सुब्बा, सचिवमा लक्ष्मी प्रसाद अधिकारी, सहसचिवमा झरेन्द्र प्रसाद तिवारी, कोषाध्यक्षमा लिला आँशु चयन हुनु भएको छ । सदस्यहरूमा टीका यक्सो, जीवन कालिकोटे (सन्देश), नेत्र अविरल, बिपना वियोगी, बिनिता वियोगी, नवराज आचार्य र अबिरसिं यक्सो चयन हुनुभएको छ । 

साथै जिल्लाका अग्रज साहित्यकार भरत गुरुङको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । समितिको सदस्यहरूमा हर्क यक्सो, शान्तिराम नेपाल, लेकाली कान्छा मुकुम, लक्ष्मी चुडाल, लक्षुमण मेन्याङ्बो र खगेन्द्र पोमु चयन हुनु भएको छ । चैत्र १६ गते हुने सङ्घको कोशी प्रदेश समितिको अधिवेशनको लागि प्रदेश प्रतिनिधिको रुपमा कमल प्रसाद भट्टराई, प्रजिन हाङ्बाङ, लक्ष्मी प्रसाद अधिकारी, लिला आँशु र टीका यक्सो छनोट हुनु भएको छ । 

प्रगतिशील लेखक सङ्घ नेपाल बामपन्थी बिचार समुहमा रहेर कलम चलाउने स्रष्‍टाहरूको सङ्गठन हो । अधिवेशन जिल्लाको अग्रज साहित्यकार भरत गुरुङको प्रमुख आतिथ्यता एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं वामपन्थी नेता खेल प्रसाद बुढाक्षेत्री (पराग) को विशिष्ट आतिथ्यतामा सम्पन्न  भएको हो । 

अधिवेशनको अध्यक्षता कमल प्रसाद भट्टराईले गर्नु भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार २०:०४

सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा

कञ्चनजंघाको दक्षिणी आधार शिवरमा टावर निर्माण गरिदिन सिरीजङ्घा गाउँपालिकाको दुरसञ्चारलाई पत्र

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा हिमालको दक्षिणी आधार

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक

केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ

ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो

प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव सञ्चालन गर्दै सिदिङबा गाउँपालिका

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले प्रथम तीन दिने सिदिङ्वा धाम