पाथीभरा मन्दिरमा गाडिएको मुक्कुम्लुङ तथा याग्राङसिङ नहटाई दिन याक्थुङ चुम्लुङ र युमा साम्योको आग्रह



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा केही दिन अघि गाडिएको मुक्कुम्लुङ (ढुंगा) तथा याग्राङसिङ अर्थात नौ तले फलामको भ¥याङ नहटाई दिन आग्रह गरेका छन् । आइतबार पाथीभरा क्षेत्र विकास समितिलाई पत्राचार गर्दै याक्थुङ चुम्लुङ र युमा साम्यो नेपालले पत्राचार गर्दै मुक्कुम्लङ तथा याग्राङसिङ नहटाई दिन अनुरोध गरेका हुन् ।

समितिले गत शुक्रबार सूचना जारी गर्दै मुक्कुम्लुङ तथा याग्राङसिङ गाड्ने व्यक्ति वा संस्थालाई ३ दिन भित्र सम्पर्कका आउन निर्देशन दिएको थियो । ३ दिन भित्र सम्पर्कमा नआए समिति आफैँले ती संरचना हटाउन बाध्य हुने समेत सूचना मार्फत जानकारी गराएको थियो ।

सोही अनुसार याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति ताप्लेजुङ र युमा साम्यो नेपालले छुट्टाछुट्टै पत्राचार गर्दै संरचना नहटाउन आग्रह दुई ओटा संस्थाले आग्रह गरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार संस्थाको अनुरोधलाई तत्काल समितिको बैठकमार्फत थप पहल कदमी अगाडि बढाइने छ ।

प्रकाशित मिति : 6:07 pm

फक्ताङ्लुङका सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात

ताप्लेजुङ, जेठ ३० गते । फक्ताङ्लुङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधुनिक

ज्येष्ठ नागरिकहरूको भेटघाट र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

ताप्लेजुङ, जेठ ३० गते । ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र