फक्ताङ्लुङ गाउँपालिका माओवादी केन्द्र अध्यक्षमा मुक्ति लिम्बू चयन




रेडियो काबेली
ताप्लेजुङ । फक्ताङ्लुङ गाउँपालिका नेकपा (माओवादी केन्द्र) को पालिका कमिटी अध्यक्षमा राजन लिम्बू (मुक्ति) चयन हुनुभएको छ । शनिबार भएको पालिका कमिटीको तेस्रो अधिवेशनले फक्ताङ्लुङ गाउँपालिका अध्यक्षसमेत रहनुभएका लिम्बूको नेतृत्वमा ४५ सदस्यीय कमिटी निर्विरोध चयन भएको हो । कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा तारादेवी लिम्बू, दिलकुमार पतङ्वा र धनबहादुर राई, सचिवमा सुधिर सावादेन, सहसचिवमा सम्सेर फेम्बो र कोषाध्यक्षमा रनबहादुर माबोहाङ चयन हुनुभएको छ ।
माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वमन्त्री जनार्दन शर्मा (प्रभाकर)को प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा माओवादी केन्द्र कोशी प्रदेश कमिटी अध्यक्ष हर्क नेम्बाङ (मिक्सो), केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), वैकल्पिक केन्द्रीय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम, वैकल्पिक केन्द्रीय सदस्य मिङ्माडण्डु शेर्पा, जिल्ला संयोजक विष्णुकुमार लिम्बू लगायतको उपस्थिति रहेको थियो । नयाँ नेतृत्व चयन सँगै अधिवेशन सकिएको छ ।

प्रकाशित मिति : 2:18 pm

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान