फक्ताङ्लुङ गाउँपालिका माओवादी केन्द्र अध्यक्षमा मुक्ति लिम्बू चयन




रेडियो काबेली
ताप्लेजुङ । फक्ताङ्लुङ गाउँपालिका नेकपा (माओवादी केन्द्र) को पालिका कमिटी अध्यक्षमा राजन लिम्बू (मुक्ति) चयन हुनुभएको छ । शनिबार भएको पालिका कमिटीको तेस्रो अधिवेशनले फक्ताङ्लुङ गाउँपालिका अध्यक्षसमेत रहनुभएका लिम्बूको नेतृत्वमा ४५ सदस्यीय कमिटी निर्विरोध चयन भएको हो । कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा तारादेवी लिम्बू, दिलकुमार पतङ्वा र धनबहादुर राई, सचिवमा सुधिर सावादेन, सहसचिवमा सम्सेर फेम्बो र कोषाध्यक्षमा रनबहादुर माबोहाङ चयन हुनुभएको छ ।
माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वमन्त्री जनार्दन शर्मा (प्रभाकर)को प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा माओवादी केन्द्र कोशी प्रदेश कमिटी अध्यक्ष हर्क नेम्बाङ (मिक्सो), केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), वैकल्पिक केन्द्रीय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम, वैकल्पिक केन्द्रीय सदस्य मिङ्माडण्डु शेर्पा, जिल्ला संयोजक विष्णुकुमार लिम्बू लगायतको उपस्थिति रहेको थियो । नयाँ नेतृत्व चयन सँगै अधिवेशन सकिएको छ ।

प्रकाशित मिति : 2:18 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य