केबलकार विवाद : पक्राउ परेका आन्दोलनरत पक्षका १८ जना रिहा



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबुलकारको विषयलाई लिएर आन्दोलनका क्रममा पक्राउ परेका १८ जना रिहा भएका छन् । गत फागु १० गते फुङलिङको विरेन्द्रचोकमा नो केबुलकार र प्रहरी बिच भएको झडपको क्रममा पक्राउ परेको १८ जना बुधबार धरौटीमा रिहा भएका हुन् ।  

उहाँहरूलाई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो । रिहा हुनेमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं. १ निवासी ४५ वर्षका नवीन पोमू, फक्ताङलुङ गाउँपालिका ५ का ३७ वर्षीय सुवास तुम्बाहाङफे रहेका छन् । यस्तै पाँचथर याङवरक गाउँपालिका २ की ४३ वर्षीय इन्दिरा धौराली, फिदिम नगरपालिका ११ पाँचथर निवासी २२ वर्षका एमन राई, फालेलुङ, गाउँपालिका वडा नं. ८ घर भई हाल फिदिम नगरपालिका १ बस्दै आएका ४० वर्षकी सुनिता केरुङ रहेका छन् । 

हिलिहाङ गाउँपालिका वडा नं. ६ घर भई हाल अर्जुनधारा नगरपालिका ११ निवासी ४८ वर्षका मित्र लिङदेन र मिक्लाजुङ गाउँपालिका वडा नं. ५ घर भई इलाम नगरपालिका वडा नं. ७ निवासी ५१ वर्षका योगेन्द्र लावती रिहा भएका छन् । आठराई गाउँपालिका वडा नं. ७ तेह्रथुम घर भई हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका ११ निवासी ३० वर्षकी दीक्षा क्षेत्री, शिवसतासी नगरपालिका २ झापा स्थायी घर भई बिर्तामोड नगरपालिका २ निवासी २० वर्षकी ईक्सा लिम्बू, अर्जुनधारा नगरपालिका ४ झापा  निवासी २१ वर्षकी निहा चेम्जोङ रिहा भएका छन् । 

यस्तै इटहरी उपमहानगरपालिका ३ सुनसरी निवासी २३ वर्षका विवेक लिम्बू, सोही निवासी १९ वर्षका जुरन राई, इटहरी उपमहानगरपालिका २ निवासी ३२ वर्षका अर्जुन भन्ने बिर्ख बहादुर तामाङ, इटहरी उपमहानगरपालिका २० निवासी ३२ वर्षका अनुप सुब्बा, र इटहरी उपमहानगरपालिका १० निवासी १९ वर्षका विशेष सुब्बा, ग्रामथान गाउँपालिका वडा नं. ६ मोरङ घर भई हाल सुन्दरहरैँचा नगरपालिका १० बस्दै आएका ५८ वर्षका तुलाराम तामाङ र उर्लाबारी नगरपालिका १ मोरङ  निवासी ३९ को हरि लिम्बूलाई धरौटीमा रिहा गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आपराधिक उपद्रव र हुलदङ्गा गर्ने अभियोगमा ताप्लेजुङका दुई जनासहित विभिन्न जिल्लाका आन्दोलनरत पक्षका व्यक्तिहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई जिल्ला अदालत ताप्लेजुङले बुधबार धरौटीमा रिहा गर्न आदेश दिएको हो । उहाँहरूलाई जनही २० हजार रुपियाँको दरले धरौटीमा रिहा गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 6:11 pm

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा