मैवाखोला गाउँपालिकाले दियो तीन परिवारलाई एक लाख ५० हजार राहत



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ३ परिवारलाई एक लाख ५० हजार रुपियाँ राहत रकम प्रदान गरेको छ । खोलाले बगाएर मृत्यु भएका बालबालिकाका र मृगौला पीडित परिवारलाई पालिकाले राहत स्वरुप उक्त रकम प्रदान गरेको हो ।

मैवाखोला गाउँपालिका वडा नं. २ खानीका ११ वर्षीय सन्देश बराइली र ऐतमाया शेर्पाका परिवारलाई नगद ५० हजार रुपैयाँको दरले एक लाख रुपियाँ प्रदान गरिएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । दुई बालबालिकाको गत असोज १८ गते खोलाले बगाएर मृत्यु भएको थियो ।

यस्तै मृगौला पीडित परिवारलाई पनि आर्थिक रकम हस्तान्तरण गरेको छ । मैवाखोला गाउँपालिका वडा नं. ४ निवासी कीपादोर्ची शेर्पालाई उपचारका लागि नगद ५० हजार रुपियाँ प्रदान गरिएको अध्यक्ष वनेमले बताउनुभयो ।

उहाँका अनुसार खोलाले बगाएर मृत्यु भएका पीडित परिवारलाई पालिकाको विपद व्यवस्थापन कोष र मृगौला पीडित परिवारलाई अध्यक्ष स्वास्थ्य सहयोग कोषमार्फत रकम प्रदान गरिएको हो ।

प्रकाशित मिति : 6:34 pm

प्रथम मानाभारा गोल्ड कप : आज दुई खेल हुने 

ताप्लेजुङ, पुस १६ गते ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा जारी

पदम बहादुर स्मृति फुटबल प्रतियोगिताको उपाधि साथीभाइलाई 

ताप्लेजुङ, पुस १६ गते ।  दोस्रो संस्करणको स्वर्गीय पदमबहादुर गुरुङ

माछापोखरी हिटी क्लब मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, पुष १५ गते । आठराई त्रिवेणी गाउँपालिकाको चाँगे माछापोखरी

प्रथम मानाभारा गोल्ड कप आजबाट : उद्घाटनमा आयोजक र माछापोखरी भिड्दै 

ताप्लेजुङ, पुस १५ गते ।  प्रथम मानाभारा गोल्ड कप आजबाट

पदम बहादुर स्मृति फुटबल प्रतियोगिता : उपाधिका लागि साथीभाइ र आयोजक भिड्दै

ताप्लेजुङ, पुस १५ गते । दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति