पाथिभरा मन्दीरमा फागुन महिनामा १३ लाख भेटी संकलन



ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले फागुन महिनामा गणना गरेको १३ लाख रुपैयाँ भेटी रकम सार्वजनिक गरेको छ । फागुन महिना अवधिभरमा १३ लाख ३ हजार ५ सय रुपैयाँ भेटी गणना गरी विभिन्न बैँकमा जम्मा गरिएको विवरण सार्वजनिक गरेको हो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार हरेक महिना गणना गरेको भेटी प्रत्येक महिनाको मसान्तको दिन सार्वजनिक गर्ने निर्णय र प्रतिबद्धता अनुसार नै भेटी रकम सार्वजनिक गरिएको हो । उहाँका अनुसार गत वर्षको फागुनको तुलनामा यस वर्षको फागुनमा ४२ लाख रुपियाँ कम भेटी संलकन भएको छ । गत आर्थिक वर्षको फागुनमा करिब ५५ लाख रुपैयाँ बढी भेटी सङ्कलन भएको थियो ।

पाथीभराको नाम तथा निर्माणको प्रक्रियामा रहेको केबलकार विवादले दर्शनार्थीको सङ्ख्या घट्दै गएकाले भेटी रकम पनि घटेको कार्यकारी निर्देशक हाङबाङको भनाई छ । समितिका अनुसार गत महिनाको तुलनामा यस वर्षको केही महिना अघि देखि नै भक्तजनको सङ्ख्या घट्दै आइरहेको ।

३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन गरि कार्यालयमा ल्याएर गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

घट्यो तीर्थयात्रीको सङ्ख्या
फागुनमा महिनामा ७ हजार ४ सय २८ जना तीर्थयात्रीले मात्र दर्शन गरेका छन् । समितिका अनुसार गत आवको फागुनको तुलनामा यस वर्षको फागुनमा करिब साढे ९ हजार कम दर्शनार्थी पाथीभरा मन्दिर पुगेका छन् ।

पाथीभरा दर्शनका लागि असोज, कात्तिक र फागुन, चैतमा विशेषगरी बढी मात्रामा तीर्थयात्री आउने गरेका छन् । तर बन्द हड्तालका कारण तीर्थयात्रीको सङ्ख्यामा समेत दिनप्रतिदिन ह्रास आएको समितिको भनाइ छ । मन्दिर दर्शनका आउने तीर्थयात्रीको सङ्ख्या घट्दा काफ्लेपाटी–माथिल्लो फेदीको मात्र नभई सदरमुकाम सहित मेची राजमार्ग तथा तमोर करिडोर आसपासका व्यवसायीहरू समेत प्रभावित भएका छन् ।

प्रकाशित मिति : 5:42 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन