ताप्लेजुङमा नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ



ताप्लेजुङ। ताप्लेजुङमा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २३ वर्षीय पुरुष पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पीडित पक्षले दिएको जाहेरीका आधारमा आरोपित युवकलाई नियन्त्रणमा लिएको छ । आरोपित युवकले नाबालिकालाई विभिन्न डरत्रास देखाई गत कात्तिक २९ गते जबर्जस्ती करणी गरेको उजुरी परेको थियो ।

प्रहरीले निज युवकविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को व्यवस्थाअनुसार अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 6:06 pm

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान