ताप्लेजुङमा नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ



ताप्लेजुङ। ताप्लेजुङमा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २३ वर्षीय पुरुष पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पीडित पक्षले दिएको जाहेरीका आधारमा आरोपित युवकलाई नियन्त्रणमा लिएको छ । आरोपित युवकले नाबालिकालाई विभिन्न डरत्रास देखाई गत कात्तिक २९ गते जबर्जस्ती करणी गरेको उजुरी परेको थियो ।

प्रहरीले निज युवकविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को व्यवस्थाअनुसार अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार १८:०६

साढे तीन महिनापछि सुकेटार विमानस्थलमा शनिबारबाट उडान हुँदै

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान

मेरिङ्देन सडक खण्डमा बन्द गरिएको मालबाहक सवारी साधन सञ्चालनमा आयो

ताप्लेजुङ। गत चैत ६ गते देखि मेरिङ्देन सडक खण्डमा बन्द

आठराई त्रिवेणी गाउँपालिकाले दियो ज्येष्ठ नागरिकलाई दन्त उपहार

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाले ५९ जना ज्येष्ठ नागरिकलाई निःशुल्क

मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला स्तरीय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको

प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा हाङबाङ 

ताप्लेजुङ । प्रगतिशील लेखक सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा प्रजिन हाङबाङ