थिङ्लाबुमा मनाइयो ग्याल्पो ल्होसार 



ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं. १ थिङ्लाबुमा ग्याल्पो ल्होसार मनाइएको छ । शेर्पाहरुको महान चाड २१५२औं सिङ मो डुक लो ग्याल्पो ल्होसारको अवसरमा शुभकामना आदान प्रदान सहित ल्होसार मनाइएको हो । 

नेपाल शेर्पा सङ्घ थिङ्लाबु र थिङलाबु शेर्पा समाजको आयोजनामा लोबेन छ्योसाङ गुम्बाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी ल्होसार मनाइएको बताइएको छ । 

कार्यक्रम नेपाल शेर्पा सङ्घका संस्थापक अध्यक्ष मातृका शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।  हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विभिन्न कार्यक्रमका साथ मनाउने गर्दछन् । 

नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो ।

यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्छन् । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।

प्रकाशित मिति : 9:10 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ