केबलकार विवाद : निर्माण कार्य हाललाई स्थगित गर्न आन्दोलनरत पक्षलाई वार्ताका लागि फेरी बोलाइयो



ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गर्नका लागि गृह मन्त्रालयले फेरी आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको छ । सोमबार फेरी एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरिएको हो । 

आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई वार्ताको माध्यमबाटै समाधान गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता लागि आउन आग्रह गरिएको छ । 

केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि गत माघ २२ गृह मन्त्रालयद्वारा वार्ता टोली गठन गरिएको थियो । यस अघि फागु ९ गते पनि गृह मन्त्रालयले फेरी आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको थियो । नो केबलकार समूहले फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ पदयात्रा कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमको अन्तिम दिन ८ गते केबुलकारको निर्माण स्थल काफ्लेपाटीमा नो केबुलकार समुह र प्रहरी बिच झडप भएको थियो । 

उक्त झडपको क्रममा प्रहरी, सवारी चालक र आन्दोलनरत पक्षसहित १३ जना घाइते भएका थिए भने, झडपलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेका थिए । काफ्लेपाटीमा ४ दिनसम्म विरोध प्रदर्शन गरी आन्दोलनरत समुह शनिबार साँझदेखि सदरमुकाम केन्द्रित भएका थिए । 

शनिबार साँझ पनि नो केबलका समूह र प्रहरीबिच झडप हुँदा २३ घाइते भएका छन् । झडपको क्रममा ११ जना प्रहरी सहित २३ जना घाइते भएका हुन् । ११ जना प्रहरी र १२ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइते मध्ये १ जना प्रहरी र ३ जना आन्दोलनरत पक्षका कार्यकर्तालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । अहिले फुङ्लिङमा निषेधाज्ञा जारी गरिएको छ ।


प्रकाशित मिति : 7:32 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा