ताप्लेजुङको फुङ्लिङमा आइतबारदेखि अनिश्चितकालीन निषेध आदेश जारी



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी गरिएको छ । आइतबार बिहान ५ बजे देखि आर्को आदेश नआए सम्मको लागि निषेध आदेश जारी गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस र स्थानीय स्तरमा हुलदंगा, झडप साथै प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिका कारण निषेध आदेश जारी गरेको जानकारी गराएको छ । 

आइतबार बिहान ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधित क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन, घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

फुङलिङ नगरपालिका बजार क्षेत्रभित्र पर्ने पुर्व – फुङलिङ नगरपालिका वार्ड नं. ७ सल्लेरी, पश्चिम– फुङलिङ नगरपालिका वार्ड नं. ७ घोडेचौर (थलाङ धारा क्षेत्र सम्म), उत्तर– फुङलिङ नगरपालिका वार्ड नं. ४ उकालीपानी, दक्षिण– फुङलिङ नगरपालिका वार्ड नं. ६ शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल) मा निषेध आदेश जारी गरिएको छ । 

यस्तै काफ्लेपाटी बल्लुडाँडा क्षेत्रमा पुर्व – पर्यटक प्रहरीको भवनको सय मिटर इलाका, पश्चिम – बल्लुडाँडा-डडेले इलाका, उत्तर – केबलकार बेस स्टेशन-पानीको मुहान इलाकाको सय मिटर पर र दक्षीण – नयाँ बसपार्क इलाकाको सय मिटर (जंगल इलाका समेत) मा निषेधाज्ञा जारी गरिएको छ । 

घोषित अवधिभर जारी आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानून बमोजिम कारबाही समेत जानकारी गाइएको छ । 

ताप्लेजुङमा नो केबलकार पक्षधरले आन्दोलन गर्दै आइरहेका छ । सोही क्रममा पटक पटक प्रहरी र आन्दोलनरत पक्ष बिच झडप भइरहेको छ । शनिबार साँझ फुङलिङको बिरेन्द्रचोकमा भएको झडपमा प्रहरी सहित धेरै जना घाइते भएका छन् । 

प्रकाशित मिति : 1:01 am

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)