२ हजार ७ सयले घट्यो सुनको मूल्य



ताप्लेजुङ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला दुई हजार ७०० र चाँदी १५ रुपैयाँले घटेको हो ।

गत शुक्रबार प्रतितोला सुन एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 12:15 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो