पाथीभरा मन्दिरको भेटि माघ महिनामा १० लाख बढि गणना



ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले माघ महिनामा गणना गरिएका भेटी रकम सार्वजनिक गरेको छ । समितिले हरेक महिना गणना गरिएको भेटी प्रत्येक महिनाको मसान्तको दिन सार्वजनिक गर्ने निर्णय र प्रतिबद्धता अनुसार नै भेटी रकम सार्वजनिक गरेको हो ।

माघ महिना अवधि भरीमा १० लाख बढी भेटी गणना गरी बिभिन्न बैँकमा जम्मा गरिएको विवरण सार्वजनिक गरिएको कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँका अनुसार १० लाख ४० हजार ३ सय रुपियाँ भेटी विभिन्न मितिमा गणना गरी बैँकमा जम्मा गरिएको हो ।

३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ । यस्तै माघ महिनामा ४ हजार २४५ जना भक्तजनहरूले पाथिभरा देविको दर्शन गरेको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभरा दर्शनका लागि असोज, कात्तिक र फागुन, चैतमा विशेष गरि बढी मात्रा तीर्थयात्री आउने गरेका छन् । विगतका केही वर्षहरूमा हरेक दिनको न्यनतम एक सय देखि ३ सय जना सम्म तीर्थयात्री आइरहने यस क्षेत्रमा हाल विरोधका कारण तीर्थयात्री सुन्यमा झरेको छ । नो केबलकार समुहले आह्वान गरेको बन्दका कारण करिब एक साता भन्दा बढी पाथीभरा सुनसान बनेको थियो । हाल केही छिटफुट मात्रै भक्तजनहरू आउने गरेको क्षेत्रका विकासले जनाएको छ ।

प्रकाशित मिति : 6:05 pm

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित