‘नो केबलकार’ समूहद्धारा ग्लोबल आईएमई बैँक घेराउ



ताप्लेजुङ । ‘नो केबलकार’ समूहले ग्लोबल आईएमई बैँक घेराउ गरेका छन् । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको विरोधमा रहेको उक्त समूहले मङ्गलबार ग्लोबल आईएमई बैँक घेराउ गरेका हुन् । 

सरकारसँग आइतबार बसेको दुई पक्षीय वार्ता बिना निष्कर्ष टुङ्गिएपछि नो केबलकार समूहले आईएमई र ग्लोबल आईएमई बैँक बहिष्कार गर्ने सहितका आन्दोलनको कार्यक्रम घोषणा गरेको गरेका थिए । सोही अनुसार ताप्लेजुङसहित पूर्वका विभिन्न जिल्ला तथा सहरमा रहेका ग्लोबल आईएमई बैङ्कका शाखाहरू घेराउ गरेको नो केबलकार समुहको भनाई छ । 

ग्लोबल आईएमई बैङ्कका शाखाहरू घेराउ गरिएपछि मङ्गलबार बैङ्किङ सेवा प्रभावित भएको बताइएको छ । यस्तै आईएमई मनी ट्रान्सफर केन्द्रहरूमा पनि बहिष्कार कार्यक्रमअन्तर्गत नै घेराउ गरिएको नो केबलकार समूहले जनाएको छ । 

मङ्गलबारदेखि आउँदो फागुन ९ गतेसम्म ग्लोबल आइएमई बैङ्कसहित आइएमई केन्द्र कोशी प्रदेशभरि र देश विदेशमा बहिष्कार गर्ने घोषणा गरिएको छ । यस्तै मुक्कुमलुङ बचाउ पदयात्रा, केबलकार अनुमति खारेजीका लागि फुङ्लिङ नगरपालिका घेराउ गर्नेदेखि यातायात बन्ददेखि आमहड्ताल सम्मका कार्यक्रम गर्नेगरी आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।

नो केबलकार समूह र प्रहरीबीच भएको झडपमा चलेको गोली लागेर आफ्ना कार्यकर्ता घाईते भएपछि अनिश्चित यातायात बन्द गरेका थिए । सरकारसँग भएको पहिलो वार्तामार्फत ६ बुँदे सहमति पश्चात बन्द फिर्ता लिएका थिए । तर आफूहरूले हिजो साँझसम्मको अल्टिमेटम दिँदा समेत बेवास्ता गरेकाले सङ्घर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य भएको नो केबलकार समुहको भनाई छ ।

प्रकाशित मिति : 7:18 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर