ताप्लेजुङमा आत्महत्या प्रयास गरेका पाँचजनाको उद्धार



ताप्लेजुङ । चालु आर्थिक वर्षमा आत्महत्याको प्रयास गरेका पाँचजना व्यक्तिहरूको उद्धार गरिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत आत्महत्या न्यूनीकरण तथा अभियान समितिले पाँच जनको उद्धार गरेको हो ।

उद्धार गरिएकोमा चार जना पुरुष र एक जना महिला रहेको प्रहरी नायब उपरक्षक रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार जसमा मिक्वाखोला गाउँपालिका, फक्ताङलुङ गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाबाट एक एक जनाको उद्धार गर्दा फुङलिङ नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको छ ।

उद्धार गरिएका व्यक्तिहरूको जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट गठित समिति, सूचना सङ्कलन डेस्कबाट सूचना प्राप्त भएपश्चात गठन गरिएको सहायता टोलीमार्फत जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको सहयोगमा परामर्श साथै उपचार गरिएको रावलको भनाई छ ।

मिति २०८१ साल भदौ ६ गतेबाट आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्ययोजना २०८१ बमोजिम ताप्लेजुङ प्रहरीले विभिन्न सरोकारवाला निकायको सहयोगमा जनचेतनामूलक कार्यक्रम साथै पर्चा प्याम्प्लेट वितरण गर्दै आएको थियो । हाल सम्म ताप्लेजुङका सबै पालिकाहरूमा ८० प्रतिशत वडा स्तरीय समितिहरू गठन गरिएको र ४० जना समितिका पदाधिकारीहरूलाई समितिको काम कर्तव्यबारे प्रशिक्षणसमेत दिइएको छ ।

यस्तै आगामी दिनमा विभिन्न सरोकारवाला निकायको सहयोगमा तीन सय पम्पलेट जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयले पालिका र वडा स्तरीय समितिमार्फत वितरण गर्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । जनचेतनाका लागी नेपाली र स्थानीय लिम्बू, गुरुङ र शेर्पा भाषामा नेपाल पत्रकार महासङ्घको सहयोगमा जिङ्गल तयार गरी बजाइने जानकारी गराइएको छ ।

प्रकाशित मिति : 6:42 pm

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित