मैवाखोलामा सिलाम साक्मा



साहारा लिम्बू 
ताप्लेजुङ । सिलाम साक्मालाई लिम्बू समुदायको मौलिक सांस्कृतिकको बिम्बका रुपमा लिन सकिन्छ । लिम्बू भाषामा ‘सि’ भनेको मृत्यु, ‘लाम’ भनेको बाटो र ‘साक्मा’ भनेको थुन्नु हो । यो लगाएपछि मृत्युको बाटो थुनिने वा विभिन्न महामारीबाट जोगिने विश्वास रहिआएको छ ।

लिम्बू जातिहरूको ब्याचका रुपमा रहेको सिलाम साक्मा अहिले प्राय जसको जुनसुकै कार्यक्रममा प्रयोग हुँदै आएको पाइन्छ । यसलाई लिम्बू लोगो भनेर पनि चिनिन्छ । लिम्बू साम्जिक मुन्धुममा उल्लेख गरेअनुसार लिम्बू जातिहरूले धेरैओटा धार्मिक स्थलमा प्रयोग गरी आएका छन् । 

पछिल्लो समय सिलाम साक्मा लिम्बू समुदायले मात्र नभई गैरलिम्बूका औपचारिक कार्यक्रमहरूमा समेत प्रयोग गर्ने गरिएको छ । यसै सन्दर्भमा मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालयमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विश्वकै अग्लो सिलाम साक्मा निर्माण गरिएको छ । आइतबारबाट सुरु भएको उक्त प्रतियोगितामा सिलाम साक्माको प्रचार प्रसार तथा प्रर्वद्धनको लागि विश्वकै अग्लो सिलाम साक्मा निर्माण गरिएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभएको छ । 

सिलाम साक्माको अर्थ जति गहन छ, यसको प्रचार प्रसार हुन पनि अति आवश्यक रहेको उहाँ बताउँनुहुन्छ । उहाँका अनुसार सिलाम साक्मालाई व्यावसायिक रुपमा अगाडि बढाई रोजगारको सिर्जना गर्न सकिने भएकोले यसको व्यवसायिकरण र प्रचार प्रसार अति आवश्यक रहेको छ । विभिन्न कार्यक्रमहरूमा सिलाम साक्मालाई व्याजको रुपमा प्रयोग गर्दै आए पनि यस्तो प्रतिमा भने अहिले सम्म निर्माण नभएको र यसको सुरुवात आफूहरूले गरेको वनेमले बताउँनुभयो । 

यस्तै कार्यक्रममा करिव १५ सय विद्यार्थीहरूले सिलाम साक्मा आकृतिको नृत्य समेत प्रस्तुत गरेका छन् । सिलाम साक्मा बनाउन कालो रङ्ग बाहेक सात वा नौ वटा बिजोर रङ्ग प्रयोग हुने गर्दछ । सिलाम साक्मा हातले नै बनाउने गरिन्छ । आजबाट सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्‌घाटन कोशी प्रदेश सरकारका पूर्व आर्थिक योजना तथा मामिलामन्त्री इन्द्र बहादुर आङबोले गर्नुभएको हो । 

जिल्लाका ९ ओटा स्थानीय तहका उत्कृष्ट खेलाडी सहभागी भएको प्रतियोगिता आगामी माघ ३० गतेसम्म जारी रहने छ । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङले आयोजना गरेको प्रतियोगिता मैवाखोला गाउँपालिकाको व्यवस्थापनमा सञ्चलन भएको हो । 

प्रकाशित मिति : 5:46 pm

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था