आन्दोलनरत पक्ष सँग गृह मन्त्रीमार्फत भेटघाटको समय उपलब्ध भएको योगेश भट्टराईको भनाई



ताप्लेजुङ । प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले केबलकार निर्माणको विरोध गरिरहेको आन्दोलनरत पक्ष सँग गृह मन्त्री रमेश लेखकले भेटघाटको समय उपलब्ध गराउनुभएको बताउनुभएको छ । गृह मन्त्रीमार्फत भोलि साँझ ६ बजे भेटघाटको समय उपलब्ध भएको उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको छ । 

आज बिहान १० बजेदेखि अपरान्ह १२ बजेसम्म निर्माणाधीन पाथिभरा केबलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधिहरू सँग संवाद भएको र वहाँहरूले गृह मन्त्रीज्यू समक्ष भेटेर आफ्ना कुरा राखन चाहेकाले गृह मन्त्री समक्ष अनुरोध गरि उक्त समय उपलब्ध भएको जानकारी दिनुभएको छ । 

साथै आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्ता मार्फत समस्याको समाधान गर्न अनुरोध समेत गर्नु भएको छ । आज भएको आन्दोलनरत पक्ष र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । 

बसेरा होटल, सिंहदरबार काठमाडौंमा आज बसेको वार्ता विना निष्कर्ष टुङ्गिएको हो ।  मुक्कुमलुङमा नो केबलकार आन्दोलनको तर्फबाट सहजीकरण वार्ता टोलीका खगेन्द्र माखिमका अनुसार करिब ४० मिनेट पछि वार्ता विना निष्कर्ष टुङ्गिएको हो । मागको विषयमा सहमति कायम हुन नसक्दा वार्ता निचोडमा पुग्न नसकेको आन्दोलनरत पक्षको भनाई छ । 

प्रकाशित मिति : 6:39 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर