जिल्लामा लगानी मैत्री वातावरण निर्माण गर्न ताप्लेजुङका ६ राजनीतिक दलद्धारा आह्वान




रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लामा लगानी मैत्री वातावरण निर्माण गर्न ताप्लेजुङका ६ राजनीतिक दलले आह्वान गरेका छन् । बिहिबार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी किराँत लिम्बुवान पार्टीको संयुक्त बैठक पछि प्रेस विज्ञप्ती जारी गर्दै उक्त आह्वान गरेका हुन् ।

साथै हालको असहज स्थितिलाई सहजतामा ल्याउन आन्दोलनरत पक्ष, राज्य र पाथीभरा दर्शन केवलकार निर्माण कम्पनी बीच बार्ता र संवाद गरी यथाशीघ्र निणर्य गर्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ । त्यस्तै विज्ञप्तीमा पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा गत गत माघ १२ गते भएको घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनामा घाइते भएका आन्दोलनकारी र सुरक्षाकर्मीहरुको पूर्णस्वास्थ्यलाभको कामना गर्दै घाइतेहरुलाई निःशुल्क स्वास्थ्य उपचार गर्न नेपाल सरकार समक्ष अनुरोध गरिएको छ ।

विज्ञप्तीमा नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याहाङ, नेकपा एमालेको तर्फबाट सचिव सन्तोष चाम्लिङ, नेकपा माओबादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट जिल्ला उपसभापति दावा शेर्पा, नेकपा एकिकृत समाजबादीको तर्फबाट जिल्ला सचिव मोहन न्यौपाने, नेपाल कम्यूनिष्ट पार्टी किरात लिम्बुवानको तर्फबाट प्रदेश कमिटी सदस्य अभिषेक सिले हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति : 5:28 pm

रेडियो काबेलीका स्टेसन मेनेजर लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान

सौगात बिष्टताप्लेजुङ, बैशाख ९ गते । रेडियो काबेलीका स्टेसन मेनेजर

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ