केबलकार खारेजी पक्षद्वारा प्रहरी माथि आक्रमण, अवस्था नियन्त्रणमा लिन फायरिङ्



रेडियो काबेली 
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) मा केबलकार निर्माण विरुद्ध शनिबार केबलकार खारेजी पक्षले प्रहरी माथि आक्रमण  गरेको छ । फुङलिङ न.पा. ११ बल्लुडाँडा स्थित रहेका ३/४ वटा घरमा पहिचानवादीहरुले घरेलु हतियार लुकै  छिपाई राखेको छ भन्ने सूचना प्राप्त भएपछि प्रहरीको टोली बुझ्न जाने क्रममा एक्कासि प्रहरी टोली माथि ढुङ्गा मुढा गरी आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । 

उहाँका अनुसार केबलकार खारेजी पक्षले गरेको आक्रमणमा जनपद प्रहरी जवान अनुज वि.क.को खुट्टामा चोट र सशस्त्र प्रहरी सहायक निरीक्षक समदेव यादवको टाउकोमा, सशस्त्र प्रहरी जवान संजिव बस्नेतको कानमा चोट लागी घाइते भएको र अवस्था सबैको समान्य रहेको छ । सम्झाई बुझाई गर्दा समेत नमाने पछि प्रहरीबाट ५ सेल र सशस्त्र प्रहरीबाट ५ सेल अश्रुग्यास र २ ग्यास ग्रिनेट फायर गरिएको छ भने तत्कालको अवस्था समान्य रहेको प्रहरी नायव उपरीक्षक रावलले बताउनुभयो । 

घरेलु हतियार खुकुरी तीनवटा र गुलेली बरामद गरिएको प्रहरीको भनाई छ । त्यस्तै प्रहरीको फायरीङबाट विशाल श्रेङलाई घाईते भएको आन्दोलनरत पक्षले जनाएको छ ।

गत माघ ८ गतेबाट केबलकार निर्माणको सुरक्षार्थ खटिने सशस्त्र प्रहरीको लागि काफ्लेपाटीमा सुरक्षा बेस निर्माण कार्य सुरु गरिएको थियो । त्यस पश्चात माघ १० गते किराँत याक्थुङ चुम्लुङ, आदिवासी जनजाति महासङ्घ, प्रदेश नं. १ पुन नामाङ्कन अभियान समिति, किराँत राई यायोक्खा,  नेपाल शेर्पा सङ्घ, पहिचानवादी मोर्चा, नेपाल जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, जसपा नेपाल प्रदेश नं. १, जसपा किराँत राष्ट्रिय समिति, राष्ट्रिय आदिवासी महिला सङ्घ र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ति निकाल्दै मुन्धुमि स्थलमा केबलकार निर्माण तत्काल खारेज गरि सैन्यकरण बन्द गर्न आग्रह गरेका थिए । 

उक्त कार्य नगरेमा आमहड्ताल सहितका सङ्घर्ष र आन्दोलनका कार्यक्रम गर्ने र उक्त  आन्दोलनको सम्पूर्ण क्षतिको जिम्मा केबलकार निर्माण पक्ष र सरकारले लिनुपर्ने जनाएको थियो । जिल्लामा केबलकार निर्माण गरे जिल्लावासीलाई फाइदा हुने निर्माण पक्षले बताउँदै निर्माण कार्य अघि बढाई रहेको छ भने केबलकार खारेजी पक्षले मुन्धुमी स्थलमा केबलकार निर्माण गर्नु हुँदैन भन्दै आन्दोलन गर्दै आएका छन् ।
 

प्रकाशित मिति : 6:08 pm

रेडियो काबेलीका स्टेसन मेनेजर लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान

सौगात बिष्टताप्लेजुङ, बैशाख ९ गते । रेडियो काबेलीका स्टेसन मेनेजर

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ