एक महिनामा पाथीभरामा चढाइएको २९ लाख बढी भेटी गणना 



ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा चढाइएको २९ लाख बढी भेटी गणना गरिएको छ । पौष महिनामा पाथीभरा धाममा चढाइएको २९ लाख २५ हजार रुपैयाँ भेटी गणना गरि बैँकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

हरेक महिनाको मसान्तमा गणना गरिएको भेटी रकम सार्वजनिक गर्ने तालिका अनुसार हिजो उक्त विवरण सार्वजनिक गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । उहाँका अनुसार गणना गरिएको सबै रकम नेपाल बैँकमा जम्मा गरिएको छ । समितिको अन्य बैँकमा समेत खाता रहेका छन् । धाममा दर्शनार्थीले चढाएको भेटी कर्मचारी र नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरि हरेक दिन लाहा छाप लगाई माथिल्लो फेदीमा ल्याई राख्ने चलन छ । 

माथिल्लो फेदीमा जम्मा गरिएको भेटीको पोकाहरू हरेक महिना समितिको कार्यालयमा ल्याई गणना गरि बैँकमा जम्मा गरि हरेक महिनाको मसान्तमा विवरण सार्वजनिक गर्ने गरिएको छ । यस्तै पौष महिनामा झण्डै साढे ६ हजार मानिस धाममा पुगेका छन् । एक महिनाको अवधिमा ६ हजार ४ सय २७ जना दर्शनार्थी धाममा पुगेको समितिले जनाएको छ । 

पाथीभरामा वार्षिक २ लाखभन्दा बढी भक्तजन आउने गरेका छन् । जसबाट करिब ३ करोड बढी भेटी वार्षिक रुपमा सङ्कलन भइरहेको तथ्याङ्क समितिसँग रहेको छ । 

प्रकाशित मिति : 10:48 am

अन्तराष्ट्रिय आमन्त्रण आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २८ गते । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप

ताप्लेजुङको सिदिङ्वाबाट अवैध काठसहित सात ट्रक नियन्त्रण

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा अवैध रूपमा काठ ढुवानी

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मंसिर ७ गतेबाट, पुरस्कार अलैँची

ताप्लेजुङ, कात्तिक २६ गते । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा

ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप

ताप्लेजुङ, कात्तिक २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका

ताप्लेजुङमा मनाइयो महागुरु फाल्गुनन्दको जन्मजयन्ती

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा किराँत धर्मका महागुरु तथा