एक महिनामा पाथीभरामा चढाइएको २९ लाख बढी भेटी गणना 



ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा चढाइएको २९ लाख बढी भेटी गणना गरिएको छ । पौष महिनामा पाथीभरा धाममा चढाइएको २९ लाख २५ हजार रुपैयाँ भेटी गणना गरि बैँकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

हरेक महिनाको मसान्तमा गणना गरिएको भेटी रकम सार्वजनिक गर्ने तालिका अनुसार हिजो उक्त विवरण सार्वजनिक गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । उहाँका अनुसार गणना गरिएको सबै रकम नेपाल बैँकमा जम्मा गरिएको छ । समितिको अन्य बैँकमा समेत खाता रहेका छन् । धाममा दर्शनार्थीले चढाएको भेटी कर्मचारी र नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरि हरेक दिन लाहा छाप लगाई माथिल्लो फेदीमा ल्याई राख्ने चलन छ । 

माथिल्लो फेदीमा जम्मा गरिएको भेटीको पोकाहरू हरेक महिना समितिको कार्यालयमा ल्याई गणना गरि बैँकमा जम्मा गरि हरेक महिनाको मसान्तमा विवरण सार्वजनिक गर्ने गरिएको छ । यस्तै पौष महिनामा झण्डै साढे ६ हजार मानिस धाममा पुगेका छन् । एक महिनाको अवधिमा ६ हजार ४ सय २७ जना दर्शनार्थी धाममा पुगेको समितिले जनाएको छ । 

पाथीभरामा वार्षिक २ लाखभन्दा बढी भक्तजन आउने गरेका छन् । जसबाट करिब ३ करोड बढी भेटी वार्षिक रुपमा सङ्कलन भइरहेको तथ्याङ्क समितिसँग रहेको छ । 

प्रकाशित मिति : 10:48 am

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित