आइतबारदेखि मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङ भित्र अनिश्चितकालीन यातायात बन्दको घोषणा



ताप्लेजुङ।  मुक्कुम्लुङ संयुक्त सङ्घर्ष समिति सहित मुक्कुम्लुङ संरक्षणमा संलग्न सङ्घसंस्थाहरूले आइतबारदेखि मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङ भित्र अनिश्चित कालका लागि यातायात बन्द गर्ने घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उक्त संस्थाहरूले उक्त जानकारी गराएका हुन्।  

पौष  १७ गते पाथीभरा (मुकुम्लुङ) संरक्षणको लागि इलाम जिल्लाबाट गएका २६ जना मानिसहरूलाई तल्लो फेदीमा तैनाथ प्रहरीहरूले माथि जानबाट रोकेर फिर्ता पठाएको, तीनजनालाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ल्याइएको भन्दै  उनीहरूको रिहाइको मागसहित विभिन्न माग राखेर बन्दको आह्वान गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिए छ । 

सरकारको अन्याय, ज्याजति र जातीय साम्प्रदायिक कार्यको विरोध गर्न केबलकार खारेज नभएसम्म ठूलो फेदीबाट सशस्त्र र जनपथ प्रहरी फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने उक्त विज्ञप्तिमा भनिएको छ । यस अघि उक्त संस्थाहरूले आफ्नो  माग पूरा गर्न २० गते आज सम्मको अल्टिमेटम दिएका थिए। 

प्रकाशित मिति : 9:03 pm

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो